२०२६ को विश्वकप उत्तर अमेरिकी क्षेत्रमा, मोरक्कोको दाबीमा कम भोट


काठमाडौं, ३० जेठ । मंगलबार मस्कोमा भएको फिफा कंग्रेसको विश्वकप २०२६ आयोजना अधिकार दिने भोटको नतिजा सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको नतिजा अनुसार उत्तर अमेरिकी देशहरु युएसए, क्यानडा र मेक्सीकोले विश्वकप २०२६ आयोजना गर्न हालेको प्रस्ताव पारित भएको हो ।

उत्तर अमेरिकी राष्ट्रहरुले ४८ टोली सम्मीलित विश्वकपको आयोजना गर्ने प्रस्तावमा १३४ भोट प्राप्त भएको हो । २०० भोट हालिएकोमा ६५ भोट मात्र मोरक्कोले पाएको छ ।

केहि समयअघि अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले युएसएलाई विश्वकप आयोजना गर्न दिनुपर्ने भन्दै विवादास्पद ट्वीट गरेका थिए । उनले आफ्नो राष्ट्रको सहयोग लिने राष्ट्रहरुनै युएसए विरुद्ध लाग्यो भने अमेरिकाले किन सहयोग गर्ने भन्दै संयुक्त राष्ट्र संघलाई समेत मुछेका थिए ।

तथापी ट्रम्पले यि ३ राष्ट्रको प्रस्ताव पारित गराउन पर्याप्त पहल गरेका थिए । ट्रम्पले विश्वकप लक्षित भिषा समस्या नहुने पनि जनाएका थिए ।

 

पहिलो खेलमा उत्कृष्ट खेलेका सर्बिया र स्वीट्जरल्याण्ड आपसमा भिड्दै

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने तेश्रो खेलमा सर्बिया र स्वीट्जरल्याण्ड खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने

नाइजेरिया भर्सेस आइसल्याण्ड : समुह ‘डी’ को समिकरणमा फरक पार्ने खेल

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने दोश्रो खेलमा नाइजेरिया र आइसल्याण्ड खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह

कोस्टा रिका विरुद्ध सजिलो छैन ब्राजीललाई

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा ब्राजील र कोस्टा रिका खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह

तगडा भिडन्तमा अष्ट्रेलिया १–डेनमार्क १

काठमाडौं, ७ असार । विश्वकप २०१८ अन्तर्गत बिहिबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले समान १–१ गोल गरेपछि खेल बराबर भएको छ । रसियाको समारा