युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

कम्पला, ३० जेठ । युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिए ।

पूर्वीअफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि हजारौँको मृत्यु हुने गरेको पाइन्छ । रासस÷सिन्ह्वा

 

 पुल भत्किँदा कम्तीमा २२ को मृत्यु

रोम, इटाली । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका

 विश्वकै बस्नलायक पहिलो शहर भियना 

लण्डन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा

 बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

लन्डन, २९ साउन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको

भारतीय र पाकिस्तानी कैदी रिहा

नयाँ दिल्ली, २९ साउन ।  पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय