असार ५ मा प्रधानमन्त्री ओली चीन जाने

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीका साथ धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने तथा नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने तथा यहि सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।  त्यहाँ प्रधानमन्त्रीले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्किने तालिका रहेको छ ।

यसैबीच, संक्षिप्त कुरा गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।

उनले राजनीतिक विषयका साथै नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने बताए । रासस

 

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ