कालु पाँडेको पूर्णकदको शालिक निर्माण गरिने


काठमाडौँ, ३० जेठ । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकाको अग्लो थुम्कोमा योद्धा कालु पाँडेको समाधिस्थल परिसरमा पूर्णकदको शालिक निर्माण गरिने भएको छ ।

आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजीका रुपमा जीवनको उत्सर्ग गरेका योद्धा पाँडेको स्मृतिमा त्यस क्षेत्रमा करीब रु नौ लाखको लागतमा शालिक निर्माण गर्न लागिएको वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

उनको पूर्णकदको शालिक निर्माण गरी त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने दीर्घकालीन योजना रहेको अध्यक्ष केसीले बताए ।

सो स्थानबाट काठमाडौँ उपत्यका तथा गोर्खा, धादिङ, नुवाकोट, गणेश हिमाल लगायतका अग्ला शिखर देखिन्छ । कलंकीदेखि नैकाप पुरानो भञ्ज्याङबाट वनजंगलको नजिकैबाट उकालो गएपछि स्थानीय बिन्ध्यवासिनी र इन्द्रदह पार गरेपछि पुगिने समाधिस्थल आसपासका क्षेत्रमा पूर्वाधार विकासका गृहकार्य भइरहेको छ ।

सीतापाइलादेखि रामकोट, भीमढुंगा हुँदै दक्षिणतर्फ गएपछि स्विटजरल्याण्ड उद्यान पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ ।

प्रा रामकुमार पाँडेले उनको सम्झनामा त्यस क्षेत्रमा एक दरबार र संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्यमी भक्त प्रल्हादका अनुसार विसं १७७० मा जन्मेका वंशीधर पाँडे सैन्य कौशलतामा निपुण, राजनीतिक अनुभव तथा कूटनीतिक अनुभवका कारण काजी कालु पाँडेका रुपमा पहिचान बनाएको इतिहास पाइन्छ । उनको विसं १८१४ जेठ मा कीर्तिपुरको युद्धमा मृत्यु भएको थियो । रासस

 

लोपोन्मुख प्रजातिका २२ जात बीउ बैंकमा संरक्षित

कञ्चनपुर, ४ असार ।  एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुलाई ब्रिफिङ 

काठमाडौँ, ४ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् ।  चीन भ्रमणको

ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

चितवन, ४ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।  जिल्ला

 कर्मचारीमाथि सरकारी अंकुश

पोखरा, ३ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ,