प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए : गोपाल किराँती 

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको आरोप लगाएका छन् । 

बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको बताए ।  

उनले भने,‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लीएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने,‘प्रचण्ड र बाबुराम अन्तीममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग गरेका छन् ।  

मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ ।  
 

 विप्लवका बाह्र कार्यकर्ता प्रहरी नियन्त्रणमा

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानमा  बन्द गराउँदै हिँडेका आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै

विप्लवको बन्दमा आगजनी र बिष्फोटक पदार्थको आतंक

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको

स्थायीत्व र समृद्धि सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री 

काठमाडौँ, २९  साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास, समृद्धि र स्थायीत्व वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  नेपालको

विप्लवसँग संवाद गर्न तयार छौँः दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर