शेखरले गरे काँग्रेस महाधिवेशन छिट्टै गर्न माग


विराटनगर, ३० जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन् ।

कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाएका छन् । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

उनले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गरेका छन् । पत्रकारको जिज्ञासामा उनले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता रसर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गरेका छन् । रासस

 

सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।  मंगलबारदेखि

‘प्रधानमन्त्रीबाटै भ्रमण निर्देशिकाको अवहेलना’

काठमाडौं, ६ असार ।  दक्षिणी छिमेकी भारतको भ्रमण पश्चात् हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको

 जिल्ला सभापति भेलालाई देउवाको सम्वोधन, कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । हेटौंडामा

देउवाले पार्टीभित्रका अन्तर्घातीलाई नछाड्ने

 चितवन,४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै अन्तरघातका कारण कांग्रेसले जित्ने सुनिश्चित भएका २५ सिटमा हारेको दावी