३ अर्ब ठगीमा सरकारदेखि अख्तियारसम्मको संरक्षण

मलेसिया जाने कामदारबाट ०७० सालयता राहदानी संकलन, भिसा प्रोसेसिङका नाममा कामदारबाट करिब ३ अर्ब रुपैयाँ ठगिएको छ । भिएलएन नेपाल प्रालि र वन स्टप सेन्टर (ओएससी)बाट भएको ठगीमा सांसद, राजदूत, कर्मचारी, कुटनीतिक प्रतिनिधिलगायतको प्रत्यक्ष तथा परोक्ष साथ र सहयोग रहेको देखिएको छ । कतिपय जिम्मेवार सरकारी निकायले संस्थागत रूपमै ठगीलाई वैधानिकता दिने काम गरेको समेत खुलेको छ ।

भिएलएनलाई कारबाही गर्न संसदीय समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । तर, अख्तियारले कारबाही प्रक्रिया अघि बढाएन । उल्टै ‘भिएलएन’ले भिसा प्रोसेसिङ गरी मुलुकलाई योगदान पु-याएको बेहोराको पत्र भिएलएनका नाममा लेखिदिएको थियो । त्यही पत्र देखाएर भिएलएनका प्रमुखले ठगी कार्यलाई निरन्तरता दिएका थिए । त्यसवेला लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त थिए । नयाँ पत्रिकाबाट ।

कर्ण शाक्यको होटलबाट निस्कने पानी छुनै नहुने

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा निर्माण गरेको होटल वाटर फ्रन्टबाट निस्कने पानी दुषित पाइएको छ। सर्वोच्च अदालतको आदेशमा सरकारले

कुखुरा र अन्डामा पनि कर

कैलालीको धनगढी उपमहानगरपालिकाले कुखुरा र अन्डामा पनि कर लगाएको छ । चालू आर्थिक वर्षदेखि प्रतिगोटा कुखुरामा २० रुपैयाँ र अन्डामा १ रुपैयाँ कर

अब खोला तर्दा पनि कर तिर्नुपर्ने

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका

गरिबको ढाड भाँच्दै कर

जाजरकोट : जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका