दुधमा लुगाधुने सोडा, कृषिमन्त्री भन्छनः यस्तो पनि राज्य हुन्छ ?

खाने दुधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने र रसायनसमेत मिसाईने गरेको पाईएको छ ।

गर्मीयाममा दुध फाट्नबाट जोगाउन दुध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाईएको हो । काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रयोसधन उद्योग छन् ।

यीमध्ये २५ ब्राण्डका दुध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्याउने वासिङ सोडा र साबुन बनाईने रसायन भेटिएको हो ।

कृषिमन्त्री चक्रमणि खनालले दुध उत्पादनमा उपभोक्ताको स्वास्थ्यमा ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । दुधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए । कान्तिपुर दैनिकबाट ।

कर्ण शाक्यको होटलबाट निस्कने पानी छुनै नहुने

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा निर्माण गरेको होटल वाटर फ्रन्टबाट निस्कने पानी दुषित पाइएको छ। सर्वोच्च अदालतको आदेशमा सरकारले

कुखुरा र अन्डामा पनि कर

कैलालीको धनगढी उपमहानगरपालिकाले कुखुरा र अन्डामा पनि कर लगाएको छ । चालू आर्थिक वर्षदेखि प्रतिगोटा कुखुरामा २० रुपैयाँ र अन्डामा १ रुपैयाँ कर

अब खोला तर्दा पनि कर तिर्नुपर्ने

स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका

गरिबको ढाड भाँच्दै कर

जाजरकोट : जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका