पहिरोमा परी १३ जनाको मृत्यु

ढाका, २९ जेठ । दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्ला यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन ।

पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ ।

राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीहरुको बसोवास रहेको छ ।

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए । रासस/सिन्ह्वा

चिनियाँ युवकको हत्या गरेकी अमेरिकी महिलालाई २५ वर्ष जेल

अमेरिका । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ ।  उनीमाथि एकजना चिनियाँ विद्यार्थीको

 उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

नयाँ दिल्ली, १ असार । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार

पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता

श्रीनगर, भारत। भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।  काश्मिरका पत्रकार सुजत बुखारीको

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुइको मृत्यु

श्रीनगर, काश्मिर, ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको