विश्वकप अवधिभर ‘चम्चा’ ले घन्किने भयो रसियन स्टेडियम

 

काठमाडौं, २९ जेठ । विश्वकप २०१० मा भुभुजेलाले कानै खाने आवाज निकालेर विश्व चर्चित बनेसँगै रसियामा आयोजना हुने विश्वकपमा ‘रसियन चम्चा’ लाई आधिकारीक सांगितीक साधन घोषणा गरिएको छ ।

रसियाका भाषामा चम्चालाई लोझ्कास भनिन्छ । लोक संगीतकारहरुले यसको प्रयोग सांगितीक क्षेत्रमा गर्ने गरेका छन् । चम्चाहरु हातमा लिइ ठोक्काउँदै सुरैसँग बजाउनको लागि रसियन चम्चाको प्रयोग गर्ने गरिएको छ ।

यस ‘विजयी चम्चा’ लाई उत्पादन गर्न सरकारको साथ सहयोग पाएका डिजाइनर रुस्तम नुग्मानोभले रंगीचंगी चम्चा उत्पादन गरिरहेका छन् । रसियामा यस्तै खालको सांगितीका साधनको खोज भएको थियो जसले खेललाई डिस्टर्ब पनि नगरोस् र सांगितीक माहोल पनि बनिरहोस् ।

भुभुजेलाको प्रयोग पहिलो पटक सन् २००९ मा दक्षिण अफ्रिकामै आयोजना भएको कन्फेडेरेसन्स कप प्रतियोगितामा गरिएको थियो । भुभुजेलाको प्रयोगले अति आवाज गरेपछि टिभी मार्फत् खेल देखाउनेहरुले पृष्ठभुमीबाट आइरहेको आवाज घटाएर खेल प्रदर्शन गर्नु परेको थियो । दक्षिण अफ्रिकामा ८ वर्ष अगाडिको विश्वकपताका भुभुजेलाको प्रयोगले विश्वको ध्यान तान्न सफल भएको थियो ।

भुभुजेलाको प्रयोग हुनेभएपछि ठुलो संख्यामा यस विरुद्ध उजुरी परेपनि आयोजकले स्वीकार गरेको सांगितीक साधनको प्रयोग गर्न फिफाले पनि रोक लगाएको थिएन । तथापी राष्ट्रिय गान गाउने बेलामा चाहिं भुभुजेला प्रयोग गर्न पाइँदैन थियो । भुभुजेला विश्वकप अवधिभरी दक्षिण अफ्रिकाको रात्रीजिवनमा एउटा महत्वपूर्ण पाटो भएको थियो ।

त्यस्तैगरी ४ वर्ष अगाडि ब्राजीलमा आयोजित विश्वकपमा ‘काक्सीरोला’ नामक यस्तै कोलाहल मच्चाउने साधन परिचित भएको थियो ।

तथापी यसपटक रसियाले यस्तो सांगितीक कोलाहल नहोस् भनेरनै चम्चाको छनौट गरेको बताउँदै नुग्मानोभ भन्छन्, ‘काक्सीरोला को आवाज एकदम ठुलो थियो र यसले तपाईलाई सुरैसँग ताली बजाउन पनि दिंदैनथ्यो , त्यसैले पनि हामीले चम्चा रोजेका हौं ।’

विश्वकप फाइनल हुने लुझ्निकी स्टेडियम ८१ हजार दर्शक क्षमताको छ । यति मानिसले चम्चा मात्रै ठोक्दा पनि कति हल्ला मच्चिने हो, यो रोचक पनि हुन सक्छ, भयानक पनि । त्यो चाहिं फाइनलको दिन नै थाहा होला । (एजेन्सीको सहयोगमा)

 

पहिलो खेलमा उत्कृष्ट खेलेका सर्बिया र स्वीट्जरल्याण्ड आपसमा भिड्दै

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने तेश्रो खेलमा सर्बिया र स्वीट्जरल्याण्ड खेल्दैछन् । नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुने

नाइजेरिया भर्सेस आइसल्याण्ड : समुह ‘डी’ को समिकरणमा फरक पार्ने खेल

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने दोश्रो खेलमा नाइजेरिया र आइसल्याण्ड खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह

कोस्टा रिका विरुद्ध सजिलो छैन ब्राजीललाई

काठमाडौं, ८ असार । विश्वकप २०१८ अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा ब्राजील र कोस्टा रिका खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह

तगडा भिडन्तमा अष्ट्रेलिया १–डेनमार्क १

काठमाडौं, ७ असार । विश्वकप २०१८ अन्तर्गत बिहिबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले समान १–१ गोल गरेपछि खेल बराबर भएको छ । रसियाको समारा