अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर, २९ जेठ । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । 

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए। सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ । रासस

नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ ।

 पुल बगाएपछि विद्यार्थी मारमा 

जाजरकोट, २ भदौ  । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्

बाढीका कारण जलविद्युत् आयोजना बन्द

म्याग्दी, १ भदौ । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ

१६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित, आजबाट नयाँ कानुन  

  काठमाडौँ, १ भदौ । नेपालको १६५ वर्ष पुरानो मुलुकी ऐन आजबाट विस्थापित भएको छ । आजबाट मुलुकले नयाँ कानुनको अभ्यास गर्ने छ । नेपालले आज देखि मुलुकी