देउवालाई सिङ्गो काँग्रेसको नेता हुन सुझाव 

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सिंगो कांग्रेसको सभापति हुन सुझाव दिएका छन्। 
शैलजा आचार्य आदर्श समाजले उनको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा पौडेलले भने, देउवाले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिन्छु। 


 “आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।” पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताए । 

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरालाई रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताए। “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ,”, उनले भने । 


समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। २००१ मा मोरङमा जन्मिएकी आचार्य २०४८-२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वा्चित भएकी थिईन्। २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उहाँको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो । रासस

 ट्रेड युनियन निर्वाचनमा देउवा पराजित

काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको छैठौंं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पराजित भएका छन् । उनको

संसदमा आएको ६० करोड किन गुपचुप ?

काठमाडौं । संसदमा विदेशी सहयोगको रहस्य खोतल्दै जाने हो भने अनौठा अनौठा तथ्य फेला पर्छन् । नेपालको संसद यति अचम्मको ठाउँ हो जहाँ विदेशीले सहयोगको खोला

 तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

  काठमाडौँ, १ असार ।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  तरुण दलले

संसदमा अनौठो विदेशी सहयोग: सांसदले पाउने ल्यापटप कर्मचारीको भागमा

काठमाडौं । संसदमा विदेशी सहयोगको रहस्य खोतल्दै जाने हो भने अनौठा अनौठा तथ्य फेला पर्छन् । नेपालको संसद यति अचम्मको ठाउँ हो जहाँ विदेशीले सहयोगको खोला