हत्यारालाई आजिवन कैद, बालिकाको २ वर्ष पछि अन्तिम संस्कार हुने


काठमाडौं, २९ जेठ । २ वर्ष अघि काठमाडौंको डल्लुमा १२ वर्षीय एक बालिकाको बलात्कार गरी हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा कसुरदारलाई सजाय हुने निर्णय गरेको छ ।

सोमबार न्यायधीस राजेन्द्र नेपालको इजलासले २०७४ असार १६ गते दर्ता भएको मुद्दामा बाहुनी वडा नं ३ , मोरङका दिनेश भनिने विश्वराम रनपैलीले बलात्कार पछि हत्या गरेको ठहर गर्दै जन्मकैद र पिडितको परिवारलाई ५० जहार क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको छ ।

२०७३ सालको जेठ ५ गतेको दिन पिडित बालिका डल्लुमा परिवारसँग डेरामा हुँदा विश्वरामले बालिकाको बलात्कार गरि हत्या गरेका थिए । रनपैलीले घरमा एक्लै भएकि बालिकालाई बर्बर तथा अमानविय तरिकाले बलात्कार गरेर हत्या गरि हिंडेका थिए । पछि बालिकाको भाइले त्यस्तो मृत अवस्थामा भएको दिदी र भद्रगोल भएको कोठा देखि अभिभावकलाई खबर गरेपछि मात्र अरुले थाहा पाएका थिए ।

पिडितको परिवारले अपराधीलाई कारबाही नभएसम्म लास नबुझेको कारण हालसम्म पनि पिडित बालिकाको लास टिचिङ हस्पीटलमै रहेको छ । अपराधीले सजाय पाउने निर्णय भएसँगै पिडितको परिवारले उक्त बालिकाका सतगत गर्ने तयारी गरेको छ ।

 

 डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

दैलेख । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई

तान्त्रिक परम्परालाई जोगाउनु पर्नेमा जोड

काठमाडौँ, ६ असार । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं

 बाल विवाह गर्ने मुखिया समातिए

इटहरी, १ असार । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार

 खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ, २९ जेठ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको