एपीएफलाई प्रधानमन्त्री कप, फाइनलमा आर्मी ६ विकेटले पराजित

काठमाडौं, २८ जेठ । काठमाडौंमा जारी प्रधानमन्त्री कपको उपाधि जित्ने क्रममा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराएको छ । 
सोमबार किर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मी क्लबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ५० ओभरमा अलआउट हुँदै आर्मीले २ सय ९ मात्र जोड्न सफल भयो ।

टोलीको स्कोर २१ रन हुँदा ओपनर सागर पुनलाई गुमाएको आर्मीको लागि भिम सार्की र राजेश पुलामीले ६८ रनको साझेदारी गरेका थिए । अन्य कुनै साझेदारी जम्न नसक्दा आर्मीले एपिएफलाई स्कोर मार्फत् कडा चुनौती दिन सकेन । 

आर्मीका लागि भिम सार्कीले ४८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए । सोमपाल कामीले पनि २ छक्का र १ चौकाको मद्दतले ३३ बलमा ३६ रन बनाए भने कप्तान विनोद भण्डारीले २५ बलमा ३५ रन बनाएका छन् । त्यस्तैगरी राजेश पुलामी मगर, नरेश बुढाऐर र अनिल मण्डलले क्रमशः २७, २० र १९ रन बनाएका छन् । 

उत्कृष्ट बलिङ गरेको एपिएफको लागि पेस बलर करण केसीले १० ओभरमा ३८ रन दिंदै ३ विकेट लिए । लेफ्ट आर्म स्पीनर भुवन कार्कीले किफायती बलिङ गर्दै १० ओभरमा २४ रन दिंदै २ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले २ तथा अमर सिंह राउटेला र पवन सर्राफले १/१ विकेट लिएका छन् । 

जवाफी ब्याटिङ गरेको एपिएफले फाइनलमा पाएको लक्ष्य ४ विकेट गुमाउँदै ४१.२ ओभरमा पुरा गर्न सफल भयो ।  ४ ओभरको समाप्तीमा टोलीको स्कोर १९ रन हुँदा सुवास खकुरेल रिटायर्ड हर्ट भइ पभेलियन फर्केपछि उनको स्थानमा आएका प्रदिप ऐरी र ओपनर अनिल साहले १ सय १९ रनको साझेदारी गरेका थिए । सो साझेदारी तोड्न आर्मीका बलर असमर्थ भएपछि एपिएफको लागि जित सहज बनेको थियो ।

एपिएफको लागि अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का सहित ६३ रन बनाए । त्यस्तै प्रदिप ऐरीले २ चौका र २ छक्का सहित ९९ बलमा ६३ रन बनाए । लामो समयदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका पृथु बाँस्कोटाले ६ चौका सहित २४ बलमा ३२ रन बनाएका छन् ।

त्यस्तै करण केसीले नटआउट १० बलमा १५ रन बनाए भने रोहित पौडेल र सुवास खकुरेलले क्रमशः १५ र १० रन बनाए ।


आर्मीका बलर सोमपाल कामीले ८.२ ओभर बलिङ गर्दै ६७ रन खर्चिदै ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले १ विकेट लिए । प्रतियोगिताभर बलियो प्रदर्शन गरेका आर्मीका अन्य खेलाडिले विकेट लिन सकेनन् । फाइनल खेलको उत्कृष्ट खेलाडि अनिल साह घोषित भए । त्यस्तै सागर पुन प्लेयर अफ द सिरिज घोषित भए भने सुसन भारी उत्कृष्ट बलरको उपाधिले सम्मानित भएका छन् ।प्रदिप ऐरीले पनि बेष्ट ब्याटसम्यानको ट्रफी पाए ।  
यो प्रतियोगितामा एपिएफका प्रदिप ऐरीले सर्वाधिक ३ सय १५ रन बनाए भने आर्मीका सुसन भारी र सोमपाल कामीले समान १२/१२ विकेट लिए । त्यस्तै नेपाल पुलिसका दिलिप नाथले विकेट किपरको हैसियतमा ८ जनालाई आउट पारे भने विनोद भण्डारीले फिल्डीङ गर्ने क्रममा ५ वटा क्याच लिए । 
 

एशियाड : नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल