एपीएफलाई प्रधानमन्त्री कप, फाइनलमा आर्मी ६ विकेटले पराजित

काठमाडौं, २८ जेठ । काठमाडौंमा जारी प्रधानमन्त्री कपको उपाधि जित्ने क्रममा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराएको छ । 
सोमबार किर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मी क्लबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ५० ओभरमा अलआउट हुँदै आर्मीले २ सय ९ मात्र जोड्न सफल भयो ।

टोलीको स्कोर २१ रन हुँदा ओपनर सागर पुनलाई गुमाएको आर्मीको लागि भिम सार्की र राजेश पुलामीले ६८ रनको साझेदारी गरेका थिए । अन्य कुनै साझेदारी जम्न नसक्दा आर्मीले एपिएफलाई स्कोर मार्फत् कडा चुनौती दिन सकेन । 

आर्मीका लागि भिम सार्कीले ४८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रन बनाए । सोमपाल कामीले पनि २ छक्का र १ चौकाको मद्दतले ३३ बलमा ३६ रन बनाए भने कप्तान विनोद भण्डारीले २५ बलमा ३५ रन बनाएका छन् । त्यस्तैगरी राजेश पुलामी मगर, नरेश बुढाऐर र अनिल मण्डलले क्रमशः २७, २० र १९ रन बनाएका छन् । 

उत्कृष्ट बलिङ गरेको एपिएफको लागि पेस बलर करण केसीले १० ओभरमा ३८ रन दिंदै ३ विकेट लिए । लेफ्ट आर्म स्पीनर भुवन कार्कीले किफायती बलिङ गर्दै १० ओभरमा २४ रन दिंदै २ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले २ तथा अमर सिंह राउटेला र पवन सर्राफले १/१ विकेट लिएका छन् । 

जवाफी ब्याटिङ गरेको एपिएफले फाइनलमा पाएको लक्ष्य ४ विकेट गुमाउँदै ४१.२ ओभरमा पुरा गर्न सफल भयो ।  ४ ओभरको समाप्तीमा टोलीको स्कोर १९ रन हुँदा सुवास खकुरेल रिटायर्ड हर्ट भइ पभेलियन फर्केपछि उनको स्थानमा आएका प्रदिप ऐरी र ओपनर अनिल साहले १ सय १९ रनको साझेदारी गरेका थिए । सो साझेदारी तोड्न आर्मीका बलर असमर्थ भएपछि एपिएफको लागि जित सहज बनेको थियो ।

एपिएफको लागि अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का सहित ६३ रन बनाए । त्यस्तै प्रदिप ऐरीले २ चौका र २ छक्का सहित ९९ बलमा ६३ रन बनाए । लामो समयदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका पृथु बाँस्कोटाले ६ चौका सहित २४ बलमा ३२ रन बनाएका छन् ।

त्यस्तै करण केसीले नटआउट १० बलमा १५ रन बनाए भने रोहित पौडेल र सुवास खकुरेलले क्रमशः १५ र १० रन बनाए ।


आर्मीका बलर सोमपाल कामीले ८.२ ओभर बलिङ गर्दै ६७ रन खर्चिदै ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले १ विकेट लिए । प्रतियोगिताभर बलियो प्रदर्शन गरेका आर्मीका अन्य खेलाडिले विकेट लिन सकेनन् । फाइनल खेलको उत्कृष्ट खेलाडि अनिल साह घोषित भए । त्यस्तै सागर पुन प्लेयर अफ द सिरिज घोषित भए भने सुसन भारी उत्कृष्ट बलरको उपाधिले सम्मानित भएका छन् ।प्रदिप ऐरीले पनि बेष्ट ब्याटसम्यानको ट्रफी पाए ।  
यो प्रतियोगितामा एपिएफका प्रदिप ऐरीले सर्वाधिक ३ सय १५ रन बनाए भने आर्मीका सुसन भारी र सोमपाल कामीले समान १२/१२ विकेट लिए । त्यस्तै नेपाल पुलिसका दिलिप नाथले विकेट किपरको हैसियतमा ८ जनालाई आउट पारे भने विनोद भण्डारीले फिल्डीङ गर्ने क्रममा ५ वटा क्याच लिए । 
 

जर्मनी मेक्सिकोसँग १–० ले पराजित 

रुसमा जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा आइतबार मेक्सिकोले च्याम्पियन जर्मनीलाई १–० ले हराएको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले गोल गरेर

ब्राजील र स्विजरल्याण्ड १–१ को बराबरीमा रोकिए

विश्वकफ फुटबल अन्तर्गत आइतबा भएको खेलमा ग्रुप इ को दोस्रो खेलमा ब्राजील र स्विजरल्याण्ड १–१ गोल गर्दै खेल ड्र गरेका छन् । प्रतिस्पर्धामा शुरुमा

ललित स्मृति फुटबल : सरस्वती क्लब र लुम्बिनी विजयी

काठमाडौँ, ३ असार । यहाँ जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा

 बलियो कोस्टारिकामाथि सर्बियाको शानदार जित, ग्रुप ‘इ’ रोमाञ्चक हुँदै

काठमाडौं, ३ असार । विश्वकप २०१८ अन्तर्गत आइतबार भएको पहिलो खेलमा युरोपियन राष्ट्र सर्बियाले मध्य अमेरिकी राष्ट्र कोस्टा रिकालाई १–० गोल अन्तरले