‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

स्वामी वासु समर्पण - ओशोले बारम्बार चर्चा गरेको एउटा सन्देश छ –‘अरी, मै तो नाम के रंग छकी । मनुष्य एउटा शीतको थोपा हो जसको भित्र निर्वाण (परम–मुक्ति) लुकेको हुन्छ । तर शीतको थोपा जबसम्म समुन्द्रसँग बिलिन हुँदैन, तबसम्म त्यो निर्वाण प्रकट हुन सक्दैन । मनुष्यमा फूल फुलेमा उसमा परमात्माको सुगन्ध उठ्दछ । त्यसैले जबसम्म तिमी स्वयं परमात्मा बन्दैनौ तबसम्म सान्त्वनाको कुनै उपाय छैन । जतिसुकै आफूलाई भुलाउ, याद आएकै हुन्छ । सबै व्यवस्थाहरुलाई तोडेर याद आई नै रहेको हुन्छ कि तिमी व्यर्थ छौ, तिमीले गरेका सबै चीज व्यर्थ नै हुन् । यो कामधन्दा, यो बजार व्यवसाय, यो दुकानदारी ठीकै छ तर अझै असल काम तिमीले गरेका छैनौ – यो अन्तर–आवाज उठिनै रहनेछ । यो घाउले भित्र याद गराई नै रहनेछ ।

ओशोकै प्रसंग हो । उनले परमात्माको वृहद् चर्चा गरेका छन् । परमात्मा त सबै चीजमा व्याप्त छ, त्यसैले कहिंबाट पनि उसको याद आउन सक्छ ।  कुनै पनि दिशाबाट खोजिरहेको छ; हेरिरहेको छ, आवाज दिइरहेको छ । कहिंबाट पनि तार जोडिनासाथ, थोरै भएपनि सन्धी मिल्नासाथ उसको सङ्गित तिम्रो हृदयमा अङ्कित हुन थाल्दछ । उसको शीतल हावा, सूक्ष्म सन्देश तिमीभित्र प्रवेश गर्दछ । वृक्षको हरियाली देख्दा, उदयमान हुन लागेको सूर्यलाई देख्दा, पंक्षीहरुको सुमधुर आवाज सुन्दा, कोहेलीको कुहु...कुहु... गीत सुन्दा............यदि तिमी ध्यानले मौन भएर सुन्छौ त प्रत्येक आवाजमा उसैको आवाज सुन्यौ भने, यसको कारण यो होइन कि मेरो आवाज मात्रै उसको आवाज हो । यसको मुख्य कारण यही हो कि तिमीले मेरो आवाजलाई ध्यानपूर्वक सुन्यौ । सबै आवाज उसैको हो । जहाँ पनि तिमी शान्त भएर, मौन भएर, खुल्ला हृदयले सुन्न राजि हुन्छौ, त्यहींबाट नै उसको याद आउन थाल्छ ।
ध्यान–एक मात्र मार्ग
यो जीवनमा जे पनि घट्छ, त्यसको कारण तिमी आफंै हो । तिमीबाहेक अरु कोही कारण हुन सक्दैन; तिमी नै हौ आफ्नो नियतिको मालिक । तिम्रो भाग्य निर्मित गर्ने कोही दोस्रो विधाता छैन, तिमी स्वयं आफ्नो भाग्य कोरिहेका छौ । आजको जीवन जुन तिमी प्राप्त गरिराखेका छौ त्यो तिम्रो हिजोको कर्मफल हो र भोलि तिमी जुन जीवन जिउने छौ त्यो आजको कर्ममा निर्धारित हुनेछ । तसर्थ होशपूर्ण जीवन जिउछौ भने त्यो नै स्वर्ग हुनेछ र मुच्र्छित जीवन व्यथित गर्छौ भने नर्कमा आफूलाई पाउछौ । त्यसैले हरेक क्षण, हरेक पल होशमा, आनन्दमा, शान्तिमा जिउने प्रयास गर किनभने आज तिमीले जे जीवन जिइराखेका छौ, त्यो नै भोलि दुईगुना भएर आउछ । नीमको बीउ रोपेर आँपको फल खाने आशा नगर, आज दुःखी भएर भोलिको सुख नखोज । भोलिको सुखको कल्पना गर्छौ भने आजबाट नै सुखी हुन थाल ।
सुखी हुनलाई के चाहिन्छ ? श्वास चलिरहेको छ, आँखाले सौन्दर्य देखिरहेकै छ, पंक्षीले गीत गाइरहेकै छ, हृदयले प्रेम गरिरहेकै छ, समस्त अस्तित्वले तिमीलाई स्वीकार गरिरहेकै छ, अझै तिमीलाई जीवन दिइरहेकै छ । यसै अमूल्य भेटमा आफूलाई आनन्दित देख १ अहोभाव र कृतज्ञ बन् । तिमीले प्राप्त गरेको यो जीवनको लागि के मूल्य ति¥यौ ? तिम्रो के पात्रता थियो, यस्तो दुर्लभ जीवन भेटाउनुमा ? आफूलाई भाग्यशाली देख, आफूलाई चिन्ने प्रयास गर । आपूmसँग परिचित हुनु ध्यान हो । आत्मापरिचयको प्रक्रिया हो ध्यान । जीवनलाई नयाँ गति प्रदान गरी लक्ष्यमा पु¥याउने कला हो ध्यान । हाम्रो मिलन स्रोतसँग मिलन गराउने एक माध्यम हो ध्यान ।
जीवन एक नाटक मात्र
जीवन एक अभिनय मात्र हो, नाटक हो र जीवन तबसम्म नाटक लाग्दैन, जबसम्म तिमी जाग्दैनौ । तिमी यसरी सुतेका छौ कि नाटकलाई नै जीवन सम्झेका छौ, त तिमी कसरी जीवनलाई नाटक सम्झिन्छौ ?
सायद सिनेमा गृहमा तिमीले सिनेमा हेरेका छौ होला........पूर्णरुपमा तिमी जान्दछौ कि पर्दामा केही पनि छैन; धूप–छायाँको खेल मात्र हो । तर आँखामा आँसु आउँछ । कुनै दुःखान्त दृश्य आएमा तिमी दुःखी हुन्छौ, तिमी त्यो दृश्यप्रति लयबद्ध हुन्छौ । तिमी जान्दछौ कि यो कल्पना हो, खेल हो तर पनि भुल्दछौ । नाटकलाई जीवन सम्झियौ ।
जीवन त यति ठूलो नाटक हो — सत्तरी वर्ष– असी वर्ष सतत् चल्दछ । सा¥हा पृथ्वी उसको मञ्च हो, सारा जगत अभिनय गरिरहेको छ । दर्शक पनि अभिनेता हो र अभिनेता पनि दर्शक हो । मञ्च नै मञ्च हो ।
यस्तो सम्झिए कि कोही विणावादक तारहरु कसिरहेको छ । सायद तारलाई होश भए यस्तो लाग्छ कि सा¥है दुःख दिइरहेको छ, पीडा भइरहेको छ । तर विणावादकले तारहरुलाई दुःख दिएको होइन, त्यसको मित्रबाट परम सङ्गीत पैदा होस् भनी आयोजन गरेको हो । तर तिमी अधैर्य छौ, तार कसिएको मात्र देख्छौ, परम सङ्गीत र धुनलाई अनुभूति गर्न सक्दैनौ । दुःख त केवल छायाँ मात्र थियो, वास्तवमा सुख नै सत्य हो ।
जस्तो दुःख तिमी देखिराखेका छौ, त्यस्तो दुःख वास्तवमा छैन् । परमात्माले तिमीलाई तयार गराई रहेका छन् । जीवन सुखको अनन्त यात्रा हो, तर यात्रामा केही मूल्य अवश्य तिर्नुपर्छ । सुनलाई शुद्ध हुनको लागि केही क्षण आगोमा जल्नै पर्छ, केही क्षणको पीडा सहनै पर्छ । कुनै बीउ वृक्ष हुनको लागि आपूmलाई फुट्नु आवश्यक पर्दछ, नदीलाई सागर हुनको लागि आपूm मिट्नु पर्छ, केही क्षण प्रतिक्षा गर्नुपर्दछ ।
असन्तोष अभिशाप हो,सन्तोष वरदान
मनुष्यको सारा दुःख, सारा पीडा, सारा संतापको एउटै मूल आधार छ । र त्यो मूल आधार हो कि मनुष्य जो छ, त्यसमा राजी छैन, उ केही हुन चाहन्छ । यही केही हुन चाहनुको वासना नै मनुष्यको सारा दुःखको मूल आधार हो ।

जे हामीसँग छ, हामी त्यसप्रति सन्तुष्ट छैनौ र जे हामीसँग छैन, त्यो हुनको लागि हामीमा विक्षिप्त कामना छ । यस्तो जुन चित्त छ त्यो कहिल्यै पनि आनन्दको उपलब्धि हुन सक्दैन । यस्तो महत्वकांक्षाको चित्तमा आनन्दको सम्भावना नै हुँदैन । ऊ जहाँ भएपनि नर्क नै निर्मित गर्दछ ।
अरबमा एउटा पुरानो भनाइ छ – कि पापी नरकमा प्रवेश गर्दैन र पुण्यात्मा स्वर्ग जादैन; पापी आफ्नो नरक आफैसँग लिएर चल्छ र पुण्यात्मा आफ्नो स्वर्ग आफैसँग लिएर चल्दछ ।

लाओत्से स्वीकृतका पोषक हुन्, तथाताका उपदेशक । कुनै पनि स्थिति होस्, स्वीकार गर्नासाथ उसको गुण बदलिन्छ । अब ध्यान राख १ यो बेशर्त कुरा हो; जस्तोसुकै स्थिति किन नहोस्, त्यसलाई स्वीकार गर्नासाथ त्यसको स्वभाव बदलिन्छ । जतिसुकै गहिरो दुःख होस्, बिमारी होस्, पीडा होस्, मृत्यु आइरहोस्, यदि तिमी स्वीकार गर्न सक्छौ भने, तत्क्षण गुणधर्म बदल्न थाल्दछ । मृत्यु पनि मित्र बन्दछ । मृत्यु पनि अनन्तको प्रवेशको लागि द्वार बन्दछ । मृत्युमा पनि त्यो देखिदैन जुन छुटिरहेको छ, बल्की त्यो देखिन्छ जुन उपलब्ध भइरहेको छ । तर यदि अस्वीकार छ भने मृत्यु त दुःख हुन्छ नै, साथै जीवन पनि दुःख नै हुन्छ ।
लाओत्से भन्दछन्– जो व्यक्ति पनि जहाँ छ, त्यस अवस्थालाई त्यसको परिपूर्णतामा स्वीकार गर्दछ भने, उसको जीवनमा दुःखको कुनै उपाय नै छैन ।

लाओत्सेको दृष्टिमा यो जगत एउटा घर हो र यसलाई आफ्नो घर बनाउनु पर्दछ । घर त छँदै छ, हाम्रो दृष्टिमा भर पर्दछ । हामी चाहेमा यसलाई युद्धको स्थलमा पनि बनाउन सक्छौ । तथाता, स्वीकार–भाव, टोटल एक्सेप्टिबिलिटी लाओत्सेको आधार सूत्र हो । म जस्तोसुकै, म जहाँ जुन अवस्थामा हुँ, त्यो क्षणमा त्यो भन्दा अन्यथा कुनै माग नहोस् ।

प्रेमको खेती गर्न सकिदैन । र ‘प्रेम’ अभ्यास गरेर पारङ्गत भइने विषय पनि होइन । विश्वका बौद्धिक व्याख्यान दिएर। भावनात्मकताको भ्रान्ति दिलाउने विभिन्न क्रियाकलापहरुमा आबद्ध भइआएको हामीले देखिआएका छौँ । र हामीले उनीहरुको समीप गएर हेरेको खण्डमा पाउनेछौँ – उनीहरुको हृदयमा वास्तवमै प्रेम छैन । आफ्नो यथामनस्थितिबाट पलायन गर्नको निम्ति उनीहरु प्रेमको अभिनय गरिरहेका हुन्छन् ।

तपाईको हृदयबाट यदि प्रेम प्रवाहित भइरहेको छ भने एक वा अनेकको प्रश्नै उठ्दैन । त्यो समानुपातिक रुपमा सर्वत्र प्रवाहित हुन्छ । सुवासको आनन्द कसले उठाइरहेको छ – फूललाई सरोकार हुँदैन । अथवा कसले उसलाई ढाड फर्काएर गइरहेको छ, त्यो पनि उसलाई सरोकार हुँदैन । सच्चा प्रेमले कुनै पनि किसिमको हिसाब–किताब राख्दैन ।

आफ्नै टाउकोमा आगो सल्काउ ओली

डा. गोविन्द केसीलाई मराउने, प्रधानमन्त्री केपी ओलीलाई डुबाउने । अहिले बजारमा देखिएको खेलोमेलोको उद्देश्य यही देखिन्छ । केसीको जीवन रक्षा अहिलेको

भाले मौरी र कांग्रेसको कथा 

बर्तमान समयमा मुलुकलाई जोड्ने योजकको आवश्यकता छ भने त्यो बिपी कोइराला हुन सक्छन्। कंग्रेस पार्टीमा त कोइराला मार्ग निर्देशक ब्यक्तित्व नै हुन्।

 निषेधको हतियार होईन दुइतिहाई मत

 प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठन भएको वर्तमान बामपन्थी सरकार आज छैटौं महिनामा प्रवेश गर्दै छ। सरकार गठन हुँदा नेपाल र

    कहिले चेत्ला कांग्रेस ?

केहि दिन अगाडि नेपाली कांग्रेसलाई माया गर्ने एकजना शुभचिन्तकसँग कुराकानी हुँदा उनले  वहुत चिन्तापूर्वक एउटा कहानी सुनाए । स्कूल पढ्दै गरेको उनको