भुँडे सैनिकलार्इ शान्ति मिसन र बढुवा निषेध

सैनिकहरूको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरू हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ।

मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरू वञ्चित हुने छन्। सैनिक मुख्यालयले आफ्ना सैनिकहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ।

कार्यविधिले आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायाम नगर्ने सैनिक अधिकारीहरूलाई नियमन गर्ने छ। केही उच्च सैनिक अधिकारीहरू कार्याविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्। बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रूपले मोटोपन भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरू अहिले नियमित व्यायाम गर्न थालेको सैनिक स्रोतले बताएको छ। अन्नपूर्ण पोस्टबाट ।

कोसीपीडितको ४० करोड प्रशासनको खातामा, पिडित टहरामा

कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने

एक वर्षमा सात खर्ब ३० अर्ब रेमिटेन्स भित्रियो

 नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो। पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर

६२ रुपैयाँमा किनेको पेट्रोल ११० मा बेच्दा पनि घाटा ?

सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने

पुरानै जुत्ता लगाउन सजिलोः प्रधानमन्त्री

नेपालमा संघीय व्यवस्था कार्यान्वयनमा चूनौति देखिएको भन्दै टिका टिप्पणीहरु भइरहेका बेला प्रधानमन्त्री ओलीले पुरानै जुत्ता लगाउन सजिलो भन्दै  नयाँ