भुँडे सैनिकलार्इ शान्ति मिसन र बढुवा निषेध

सैनिकहरूको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरू हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ।

मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरू वञ्चित हुने छन्। सैनिक मुख्यालयले आफ्ना सैनिकहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ।

कार्यविधिले आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायाम नगर्ने सैनिक अधिकारीहरूलाई नियमन गर्ने छ। केही उच्च सैनिक अधिकारीहरू कार्याविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्। बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रूपले मोटोपन भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरू अहिले नियमित व्यायाम गर्न थालेको सैनिक स्रोतले बताएको छ। अन्नपूर्ण पोस्टबाट ।

सर्बोच्चको कायममुकायम प्रधानन्यायाधीशमा को हो ?

काठमाडौं । सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएलगत्तै सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा बसे

५ अर्ब २२ करोड राजश्व नबुझाउने व्यापारी

काठमाडौँ  । सरकारले करिव आधा दर्जन घटनामा ५ अर्ब २२ करोड रुपैयाँ राजस्व छली भएको दाबी सहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । एक साताको

प्रेमिकालाई काटेर नहरको डिलमा फालेपछि

मोरङ  ।  विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३

कसरी हुन्छ मस्तिष्कघात?

काठमाडौं– मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले