कान नसुन्ने बिरालोले गर्नेछ विश्वकप भविष्यवाणी


काठमाडौं, २७ जेठ । विश्वकप २०१८ सुरु हुन अब केहिदिन मात्र बाँकि छ । रसियामा आयोजना हुने यस विश्वकप फुटबलमा सहभागि हुने टोलीहरुले अभ्यास खेलहरु खेली आफ्नो तयारी लगभग पुरा गरिसकेका छन् । विपक्षी टोलीको बारेमा बुझ्ने र सोही अनुरुप रणनिती बनाउने कार्यमा फुटबलमा हस्तीहरु यतिबेला व्यस्त छन् ।

तर यी सबै फुटबलका रस्साकसी भन्दा पृथक रुपमा परिचित पछिल्ला विश्वकपहरुमा जस्तै यो संस्करणमा विश्वकपको भविष्यवाणी जनावरलाई गराइने गरि आकर्षणको केन्द्रबिन्दु बनाइएको छ ।

सन् २०१० मा पल नामक अक्टोपसले हरेक खेलको सहि भविष्यवाणी गरेर विश्वचर्चित हुन सफल भएको थियो । त्यस्तै रसियाले पनि यो संस्करणको विश्वकपमा कान नसुन्ने सेतो अकिलिस नामक बिरालोले भविष्यवाणी गर्ने जनाएको छ ।

दुईवटा कचौरामा खाना सहित उक्त दिन खेल हुने देशको झण्डा राखिंदा जुन कचौराको खाना अकिलिसले खान्छ, त्यहि टोली विजेता हुने उसको भविष्यवाणी भएको मानिनेछ ।

रसियाको सेन्ट पिटर्सबुगमा अवस्थित हर्मिटेज म्युजिएमकी भेटनरी डाक्टर अन्ना कसातकिनाका अनुसार अकिलिसले कान्न नसुन्ने भएकोले पनि उसको अन्तरबोध शक्ति बढि रहेको छ । उनि भन्छिन्, ‘उसले आफ्नो मनले हेर्ने गरेको छ ।’

हर्मिटेज म्युजिएममा मुसा मारी म्युजिएमको सामान रक्षा गर्ने काममा प्रयोग गर्ने गरिएका अकिलिस विश्वकप अवधिभर नजिकैको क्याफे ‘क्याट रिपब्लीक’ मा बस्नेछन् ।

विगतमा गिनी पिग, सुगा जस्ता धेरै जनावरहरुलाई विश्वकपको भविष्यवाणी गर्ने काममा प्रयोग गरिएपनि पल नामक अक्टोपस जति सफल कुनै जनावर हुन सकेको छैनन् । यसपाली विश्वकपको भविष्यवाणी गर्ने जिम्मेवारी पाएका बिरालोको भविष्यवाणी कत्तिको सहि हुन्छ, त्यो समयले नै बताउँछ । (एजेन्सीको सहयोगमा)

 

एशियाड : नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल