साहित्यकार दधिराज सुवेदीको नागरिक अभिनन्दन

विराटनगर, २६ जेठ ।  नेपाली साहित्य र समालोचनाको क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई आज यहाँ एक समारोहकाबीच नागरिक अभिनन्दन गरियो । 

चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय करिब १०० भन्दा बढी संस्थाले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका छन् । विसं २००४ मा भोजपुरमा जन्मिएका सुवेदीले समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। 

उनका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । उनी नेपाल–प्रज्ञा प्रतिष्ठानको दुई पटक प्राज्ञसभा सदस्य भएका थिए। संस्थाले हालसम्म ५० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ । 

उनको सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको ‘बरगाछी’ पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ । 

कार्यक्रमका संयोजक गंगा सुवेदीले नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले उनको नागरिक अभिनन्दन गरिएको बताईन्। 

अभिनन्दन समारोहमा उनलाई भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वमन्त्री एवं सांसद डा मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सदस्यद्वय जयराम यादव र विन्दिया कार्की लगायतले दोसल्ला, माला र टीका लगाएर अभिनन्दन गरेका थिए। 

अभिनन्दनका अवसरमा सुवेदीकै उचाई बराबरको ताम्रपत्रसमेत प्रदान गरियो । समारोहमा सुवेदीकी श्रीमती मीना सुवेदीलाई पनि अभिनन्दन गरिएको थियो । रासस

 बाल विवाह गर्ने मुखिया समातिए

इटहरी, १ असार । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार

 खानेपानी महसुल निर्धारण आयोग हात्तीको देखाउने दाँत

काठमाडौँ, २९ जेठ । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गर्ने खानेपानी महसुल निर्धारण आयोग स्थापनाको ११ वर्षसम्म हात्तीको

हत्यारालाई आजिवन कैद, बालिकाको २ वर्ष पछि अन्तिम संस्कार हुने

काठमाडौं, २९ जेठ । २ वर्ष अघि काठमाडौंको डल्लुमा १२ वर्षीय एक बालिकाको बलात्कार गरी हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले जवरजस्ती करणी र कर्तव्य

नङ नकाट्नेले सामाजिक सुरक्षा भत्ता नपाउने

रोल्पा, २९ जेठ । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ