‘सपना हजार’ गीति एल्बम विमोचन


 

काठमाडौँ, २६ जेठ । गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक, गजल र राष्ट्रिय गरी तीनवटा गीत रहेका छन् । 
राप्ति साहित्य परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी विवसले एल्बमको विमोचन गरेका हुन्। 

विमोचन गर्दै उनले एल्बममा भएका गीतले राष्ट्रभावलाई समेटिएको बताए। उनले गीत–संगीतले नै संस्कृतिको जगेर्ना गर्दै मानिसलाई आनन्द दिलाउने धारणा राखे। 

संगीत र साहित्य एक अर्काका परिपूरक रहेकाले दुवै जोगाउन आवश्यक रहेको उनको भनाइ छ । 

कार्यक्रममा वरिष्ठ गीतकार डा कृष्णहरि बरालले एल्बममा समेटिएका गीतको भाव स्रोतालाई ऊर्जा दिनेखालको रहेको बताए। उनले गीतमा एउटा रसमात्र नभएर धेरै रस समेटिएको बताए। 

ती गीतहरुमा निशा देशार, शिव परियार, विष्णु नेपाली, इन्द्र बानियाँलगायतले स्वर दिएका छन् भने गीतमा नानी थापा, दीपसर्शनजंग थापा, कमल कोइरालालगायतको मोडलिङ रहेको छ । 
गीतकार डा शर्माले मानिसले आफ्नो भविष्यका लागि देख्ने सपनालाई गीतका रुपमा प्रस्तुत गरिएको बताए।रासस 
 

शंकर लामिछानेकी प्रिय भान्से

सानो छँदै कलाकार, साहित्यकार, संगीतकार र गायक गायिकाहरुको संगतमा हुर्केकी ममता कर्माचार्य काठमाडौंकी रैथाने हुन् । बरिष्ठ कलाकार उत्तम नेपालीकी

प्रेमा शाहको सेक्स चिन्तन

म सूर्यसँग सम्भोग गर्छु आऊ मलाई सम्भोग गर !     प्रेमा शाहको दर्शनमा ‘सेक्स अवैध होइन, तर यौन स्वतन्त्रताको तात्पर्य समाजमा जथाभाबी नग्नताको

दीपाको शब्दखेती

जीवन, वादल बर्षा र घाममा तिमीलेझैं जिउने कला सिक्न पाए कर्मको भीर पहरामा हाँसी हाँसी फुल्न पाए इन्द्रेणी पनि जीवनको छेवैमा खस्थ्यो होला जसलाई

नीराजनलाई राजा बनाउने सोचमा थिए वीरेन्द्र !

  विक्रम सम्वत् ०५७ को मङ्सिर – नारायणहिटी राजदरबारमा दिवाभोज चल्दै थियो । श्री ५ महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र परिवारका सिनियर