डा. देवकोटाको स्वास्थ्य स्थिर, अप्रिय हल्ला गलतः अस्पताल 

काठमाडौ, जेठ २६ । पित्त थैलीको क्यान्सरबाट पिडित चर्चित न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाका बारेमा सामाजिक सञ्जालमा आएका हल्लालाई उनी उपचाररत न्यूरो अस्पताल बाँसबारीले खण्डन गरेको छ । अस्पतालले आधिकारी सूचनालाई मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गर्न सबैसँग आग्रह गरेको छ । अस्पतालले आफूले आधिकारीक रुपमा जारी गरेको सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ । 

भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई शुक्रबार रातीबाट सघन उपचार कक्षमा सारिएको  छ । अस्पतालले डा. देवकोटाको अवस्था गम्भीर रहेको र उनको सघन उपचार चलिरहेको जनाएको छ ।

उपचारका क्रममा गत नोभेम्बरमा बेलायत गएका उनी त्यहाँ उपचार सम्भव नभएपछि नपालमै फर्किएका थिए । गत वैशाख १५ देखि उनी आफले स्थापना गरेको न्यूरो अस्पतालमा उपचारत रहेका छन् । शुक्रबार राती देखि डा. देवकोटाको बारेमा सामाजिक सञ्जालमा उनको बारेमा गलत हल्ला भाइरल भइरहेको छ । 

एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न

यी ११ फाइदाहरुका कारण मेवाको उपभोग हितकारी

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका

एक्सरे सेवा मापदण्डविपरीत

बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा

मुटुलाई स्वस्थ राख्ने ५ तरिका

  मानव शरिरको अत्यन्त्यै महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न सकेमा हृदयघात र पक्षघात जस्ता अकस्मात् हुन सक्ने शारिरीक दुर्घटनालाई कम गर्न सकिन्छ