जहाज ग्राउन्डेड भएकोले नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, २५ जेठ । बुधबार देखि नेपाल एयरलायन्सको जहाज प्राविधीक समस्या देखिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राउन्डेड भएपछि नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

नेपाल एयरलायन्सले हाल दिल्ली, मुम्बई, बेंगलोर, दुबई, दोहा, हङकङ, क्वाला लुम्पुर र बैंककको लागि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

नेपाल एयरलायन्सले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भएको २ मध्ये एउटा जहाज ग्राउन्डेड भएकोले केहि दिन अन्तर्राष्ट्रिय उडान प्रभावित पर्ने भएकोले यात्रुहरुलाई पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।

नेपाल एयरलायन्सको नयाँ वाइडवडी जहाज अगस्ट १ मा आउने तालिका रहेको छ । उक्त जहाजको आगमनसँगै नेपाल एयरलायन्सले नयाँ गन्तव्यमा पनि उडान भर्ने कार्यक्रम रहेको छ ।

 

 

पदप्रदर्शक मजदुर हितमा टानको ८२ लाख आर्थिक सहयोग

 पदप्रदर्शक मजदुर हितमा टानको ८२ लाख आर्थिक सहयोग   काठमाडौँ, ३ असार । टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्राका क्रममा ज्यान गुमाउने

प्रधानमन्त्रीसँगै चीन जान पाएनन् ‘भद्र’ र ‘रुपसी’ 

चितवन, ३ असार ।  नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् ।  वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको

 मनसुनभरी कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास, पर्वत, ३ असार । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा रोकिएको छ ।  विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप

 प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउने मुख्यमन्त्रीको सपना

विराटनगर, २८ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याउने सपना योजना सुनाएका