नेपालमै भेटियो नून खानी


जाजरकोट, २५ जेठ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ ।

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए ।

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए । खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताउँदै भने, “केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु । म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए ।”

बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ । खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने बताउँदै उनि भन्छन् , “यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ ।"

सिंहका अनुसार बारेकोटमा नून खानीमात्र होइन र फलाम खानीसमेत छ । नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनको भनाइ छ । रासस

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला

कलकत्तामा कार्गो पानी जहाज जल्यो, नेपालीको पनि सामान नष्ट

काठमाडौं, १ असार । कोलकता आउँदै गरेको कार्गो पानी जहाजमा आगलागी भएको छ। आगलागीबाट कार्गोमा भएका स–सामान जलेर नष्ट भएका छन्। उक्त कार्गोमा नेपाली

 ५५ लाख ठगी गरेर फरार तिलकबहादुर समातिए

  धनकुटा, १ असार । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ