यी ५ खेलमा अप्रत्यासित नतिजा आएमा विश्वकप रोमाञ्चक हुनेछ

काठमाडौं, २५ जेठ । विश्वकप फुटबलमा विश्वका ३२ महारथी देशहरु प्रतियोगिताको ट्रफी उचाल्न भिड्ने गरेको भएतापनि केहि सिमित देशहरुकै पोल्टामा विश्वकपको उपाधि पुग्ने गरेको इतिहास छ ।

सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेपनि स्पेन विश्वकपको दाबेदार सधैं थियो । पहिलो पटक सहभागि भएका वा २–३ पटक सहभागि भएका देशहरुले विश्वकप जित्ने कल्पना पनि गरेका हुँदैनन् । सकेसम्म क्वाटरफाइनल नत्र नकटआउट चरण सम्मा मात्र भएपनि पुग्नेनै नयाँ तथा तल्लो वरियतामा रहेका टोलीहरुको सोच हुने गरेको छ ।

तथापी यि नयाँ तथा तल्लो वरियताको टोलीले कतिपय खेलहरुमा हस्ती राष्ट्रहरुलाई हराइदिंदा विश्वकपको समिकरण नै परिवर्तन हुने गरेको छ ।

रसियामा आयोजना हुने यो संस्करणको विश्वकपमा यि ५ खेलमा अप्रत्याशित नतिजा आउन सक्ने तथा आएमा विश्वकप समिकरणलाई उथलपुथल पार्न सक्छन् ।

ब्राजील विरुद्ध स्वीट्जरल्याण्ड

५ पटक विश्वकप जितेको ब्राजीलले विश्वकप फुटबलको समुह चरणमा खासै अप्रत्यासित नतिजा बेहोर्नु परेको छैन । पछिल्लो २० वर्षमा ब्राजीलले विश्वकपको समुह चरणको कुनै खेलमा हार बेहोर्नु परेको छैन ।

यस्तोमा आगामी जुन १७ मा हुने ब्राजीर र स्वीट्जरल्याण्डको खेलमा ब्राजीलको यो किर्तिमानी यात्रा रोकिन सक्छ । सन् २०१० को विश्वकप विजेता स्पेनलाई समुह चरणमा हराएर विश्व फुटबललाई चकित पारेको स्वीट्जरल्याण्डले यो संस्करणमा ब्राजीललाई तिरिमिरी नपार्ला भन्न सकिंदैन ।

इंग्ल्याण्ड विरुद्ध ट्युनिसिया

विश्वकपको ड्र सार्वजनिक हुँदा इंग्ल्याण्डका जनताहरु दंग थिए । ग्रुप अफ डेथ मा परिएला कि भन्ने भयबाट मुक्त भइ यो संस्करणमा नकआउट स्टेजसम्म सहजै पुग्ने अनुमान गरिरहेका छन् ।

यद्यपी ट्युनिसिया पनि चिठ्ठा परेर विश्वकप खेल्न गएको टोली होइन । चतुर खेल र सन्तुलित गतिको कारण ट्युनिसियाले यो विश्वकपमा जुन १८ मा हुने खेलमा इंग्ल्याण्डलाई नमिठो हारको स्वाद चखाउने सम्भावना छ ।

ट्युनिसियाको सन्तुलित खेलले पक्कै इंग्ल्याण्डलाई दबाबमा राख्नेछ र दबाब झेल्ने क्षमता इंग्ल्याण्डमा छैन भन्ने कुरा २०१६ को युरो कपमा आइसल्याण्डसँग इंग्ल्याण्डले भोगको हारबाट प्रमाणित भइसकेको छ ।

पोल्याण्ड विरुद्ध सेनेगल

१९५० र १९९४ को विश्वकपमा तेश्रो स्थान हासिल गरेको पोल्याण्डले सन् २०१६ को युरो कपको क्वार्टरफाइनलमा पनि स्थान बनाएको थियो ।
फुटबलमा बलियो राष्ट्र भएतापनि यो संस्करणको विश्वकप क्लालिफायरमा अरु युरोपियन देशहरुको तुलनामा सबैभन्दा बढि गोल खाने राष्ट्र पोल्याण्ड नै हो ।

यस्तोमा सन् २००२ मा विश्वकपको डिफेन्डर फ्रान्सलाई पहिलो खेलमा अप्रत्याशित रुपमा हराएको सेनेगलले पोल्याण्डलाई हराउने ठुलो सम्भावना छ ।

कालीडु कौलिबालीको डिफेन्स र लिभरपुलबाट खेल्ने सादियो माने को प्रेरणामा १९ जुनमा हुने खेलमा सेनेगलले पोल्याण्डलाई हराएमा विश्वकपको यो गु्रप रोमाञ्चक हुनेछ ।

जर्मनी विरुद्ध स्वीडेन

डिफेन्डीङ च्याम्पीयन जर्मनीले समुह चरणमा खासै कमजोर प्रदर्शन गर्ने गरेको छैन यद्यपी ठुलो अन्तरको जित हासिल गर्ने गरेको छ । तथापी सन् २०१० को विश्वकपमा जर्मनी समुह चरणकोे खेलमा सर्बियासँग भने पराजित भएको थियो ।

स्वीडेन पनि आफ्नो रणनितीमा पोख्त छ । इटालीलाई प्लेअफमा पराजित भएको स्वीडेन जुन २३ मा हुने जर्मनी विरुद्धको खेलमा जर्मनलाई चित् पार्न सक्ने क्षमता छ । साथै बुन्डेसलिगाका स्टार इमिल फोर्सबर्गले पनि जर्मनी विरुद्ध यो विश्वकपमा आफुलाई प्रमाणित गर्नुपर्ने चुनौति छ ।

अर्जेन्टीना विरुद्ध नारजेरिया

लियोनल मेसीको बलमा विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टीनाले नाइजेरियासँग सन् २०१४ मा भोगेका कठिन प्रतिस्पर्धा भुलेको छैन होला । बलियो अफ्रिकी टोली नाइजेरिया ३–२ ले पराजित भएपनि अर्जेन्टीनालाई आच्छु आच्छु पारेको थियो ।

यो विश्वकप अघिको मैत्रीपुर्ण खेलमा पूर्ण क्षमतामा नउत्रेको अर्जेन्टीनालाई नाइजेरियाले ४–२ गोल अन्तरको पराजयको स्वाद चखाएको थियो ।
मेसीलाई गोल गर्न छेक्न सकेको खण्डमा नाइजेरियाले यो विश्वकपमा अर्जेन्टीनालाई हारको स्वाद चखाउन सक्ने क्षमता राख्छ । जुन २६ मा हुने यो खेल ग्रुप चरणको अन्तिम खेल हुने हुनाले यो खेल अझ बढि महत्वपूर्ण हुनेछ । यसले विश्वकपको समिकरण नै बदलिन सक्छ । (एजेन्सीको सहयोगमा)

 

एशियाड : नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल