विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ ।

महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्दै महानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए ।

एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न सजिलो हुनेछ । रासस

चीनको प्रविधिले भारतमा बनाइएकोे विद्युतीय बसको पहिलो ‘लट’ नेपालमा ल्याइने

काठमाडौं, २५ जेठ । भारत र चीनको सहकार्यमा निमार्ण भएको इलेक्ट्रीक बस सार्वजनिक भएको छ । हाइदराबाद स्थीत भारतीय बस निर्माणकर्ता कम्पनी गोल्डस्टोन

यसरी हुनेछ सूर्यको अवसान 

हाम्रो सम्पूर्ण दुनियाँ सूर्यको वरिपरि नै घुम्छ । सूर्याेदयसँगै सुरु हुने दिन सूर्य अस्तायसँगै सकिन्छ । यदी कुनै दिन सूर्य सधैका लागि अवसान भयो भने

लोडसेडिङ हटाउने जिम्मेवारी जर्मन कम्पनीलाई

 काठमाडौं, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंस्थित भारसंप्रेषण केन्द्रको सुपरिवेक्षण नियन्त्रणको प्रविधि आधुनिकीकरण गर्ने काम एक

यी हुन् सबैलाई कामलाग्ने बैङ्किङ प्रविधिहरू

काठमाडौं । बुटवलकी जुनु आचार्य काठमाडौंको एक अस्पतालका चिकित्सकसँग आफ्नो उपचारका विषयमा कुरा गर्दै थिइन् । तर, अकस्मात् उनको मोबाइलमा ब्यालेन्स