मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम, १९ जेठ । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन् । 

कलेजका सेवा बन्द र कर्मचारी धर्नामा बसेकाले आजदेखि भनिएको परीक्षा स्थगित गरिएका कारण विद्यार्थीको शैक्षिक सत्र अन्योलमा परेको छ । सो कलेजमा ४५० कर्मचारी र ३६० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । 

कर्मचारी हकहित संरक्षण संघर्ष समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा वीरेन्द्र झाले उक्त जानकारी गराउँदै कलेज व्यवस्थापनको उदासिनताले गर्दा कलेजको दायित्वभन्दा सम्पति कम भएको स्थिति रहेको बताए । 

सो कलेजमाथि प्रभु बैंकको ऋण रू एक अर्ब ६० करोड रहेको छ भने रू ३० करोड भुक्तानी गर्न बाँकी छ भने सरकारलाई कर पनि नबुझाएको बताइन्छ । 
डा झाका अनुसार कलेजका प्राचार्य, मेडिकल डाइरेक्टर लगायतका जिम्मेवार व्यक्ति र सञ्चालक समितिका पदाधिकारी कतै कुनेै सम्पर्क नरहेको अवस्थामा कर्मचारी, चिकित्सक र विद्यार्थीको समस्याप्रति संघीय सरकारको ध्यान जानु आवश्यक छ । रासस 
 

  जयतु संस्कृतमको सम्झना

काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा निरंकुश राणा शासनका समयमा पनि विद्यार्थीले स्वतन्त्रताका लागि

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज १९ जेठ । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।  वडा नं २ बेताहनीको

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर, १७ जेठ । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसर्इई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार