एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर, १७ जेठ । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसर्इई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी दिए ।

उनले भने, “यस वर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव भयो, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका पनि आएन, केही उत्तर पुस्तिका अझै आउँने क्रम जारी नै छ, कर्मचारीको अभाव र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन्छ ।”

नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएका कारण संपरीक्षण लगायतका कार्यमा ढिलाइ हुँदै गएकाले नतिजा ढिलाइ हुने भएको हो । गत चैत ८ गतेबाट शुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो । रासस
 

  जयतु संस्कृतमको सम्झना

काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा निरंकुश राणा शासनका समयमा पनि विद्यार्थीले स्वतन्त्रताका लागि

मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम, १९ जेठ । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।  सो कलेजका कर्मचारी,

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज १९ जेठ । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।  वडा नं २ बेताहनीको

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार