विभिन्न सात स्थानमा सुरुङ निर्माण गरिने

काठमाडौँ, १६ जेठ । सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । 

संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । 

भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । 

सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । 

यस्तै काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै बुटवल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग निर्माण गरिने भएको छ । 

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ । 

त्यस्तै जटिल प्रकारका सुरुङ निर्माणका प्रयोग हुने उच्च प्रविधिका सुरुङ खन्ने मेशिन भारी निर्माण उपरकण, एवं पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरणसम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन एवं निर्माणको समेत काम गर्न निजी क्षेत्रको समेत संलग्नताका पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने सरकारको तयारी छ । 

पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पूल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न रु पाँच अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । रासस

 भारतसँगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, २५ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।  छलफलका लागि

मोरङका दर्जन स्थान बाढीको उच्च जोखिममा

 उर्लाबारी, मोरङ, १७ असार । जिल्लाका एक दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा छन् ।  नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन

भूकम्पपछि नेपालमा तीन वर्षमा ४४ हजार परकम्प

बिहीवार बिहान ९:५२ बजेको थियो। दौडधूपको बेला। काठमाण्डू उपत्यकालगायत मध्यनेपालका धेरै स्थानमा एक छिन मानिसहरू चनाखा भए। किनभने तीन वर्षअघिको घटना

 जताततै नयाँ शहरको योजना, भएन कतै काम

काठमाडौँ, २८ जेठ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना