मदिरा घुट्क्याउन विद्यार्थी सहित नेपाल आए बिहारी शिक्षक

सरल संवाददाता

काठमाडौं, १४ जेठ । बिहारको कटिहार स्कुलको शिक्षकहरुले शैक्षिक भ्रमणमा लाने बहानामा विद्यार्थीहरुलाई बिराटनगर ल्याइ टन्न रक्सी खाएपछि हंगामा मच्चेको छ ।

भागलपुर लिएर जानु पर्ने भएपनि रक्सी खाने उद्देश्यले विद्यार्थीहरु सहितको गाडिलाई नेपालतिर जान शिक्षकहरुले आग्रह गरेका थिए ।

बिहारमा मदिरा प्रतिबन्धीत छ र बिहारीहरु नेपालमा विभिन्न बहाना मदिरा सेवन गर्न आउने गरेका छन् । यस्तोमा शिक्षकले लैजाने भनेको स्थान नलगि बिराटनगर ल्याइ आफुले टन्न मदिरा खाइ बसमा बान्ता गर्दै गएपछि विद्यार्थीहरुले आफ्ना अभिभावकहरुलाई घटनाको जानकारी दिएका थिए ।  

२७ जना छात्रा र १३ जना छात्र लिएर गएको शिक्षकको यस्तो हर्कतको भोलिपल्ट अभिभावकहरुले स्कुलमा गइ नाराबाजी गरेको थिए ।  
विद्यार्थीहरुका अनुसार शिक्षक राधेश्याम सिंह तथा तोला सेवकहरु नुर आलम, अमित कुमार रजक, विकास कुमार रजक र अशोक रजकले विद्यार्थीहरुलाई बस भित्रै बस्न आग्रह गरेर पुनः जोगबनीमा घण्टौं हराएका थिए ।

यसरी हराएर फर्कि आउँदा उनिहरुले भुइँमा खुट्टा टेक्न सक्ने अवस्था थिएन । उनिहरुले बसमा बान्ता गरेपछि विद्यार्थीहरु र एक महिला कुकले सफा गर्नु परेको थियो ।

यस्तो गैर जिम्मेवार काम गर्ने शिक्षकहरुलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी दिनेश चन्द्रदियोले बताएका छन् ।

 चलचित्रबाट राजनीतिमा ओर्लँदै कमल हसन

मुम्बइ । भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी छन्।  झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम

 सन्नीको नग्न तस्बिर बेच्थे उनका भाइ

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी को हुन् र उनी कस्तो पेशाव्यवसायमा व्यस्त छिन् भन्ने कुरा थाहा नपाउने कमै होलान्। पोर्नस्टारको परिचयबाट चर्चित

 ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बजारमा

काठमाडौं । नाम चलेको चलचित्र ‘छक्का पञ्जा’ को तेस्रो शृंखलाको पहिलो गीत बजारमा ल्याईएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’

बिक्रम र ज्योतिको स्वरमा आयो तीज गीत

 काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा बिक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच