राष्ट्रवादी शक्ति निर्माणको लागि कमल थापाले अध्यक्ष पद छोड्ने

 

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्ने बताएका छन् ।

बलियो राष्ट्रवादी शक्ति निमार्णको लागि आवश्यक परे आफू अध्यक्ष पद छोड्न समेत तयार रहेको बताएका छन् ।

विगत बिर्सदैं अगाडि बढ्नु पर्ने बताउँदै थापाले भने, ‘विगतमा जे कुराहरु भए, अब ती कुरामा आरोप–प्रत्यारोप गर्नुहुँदैन्, एकता कायम गर्नुपर्छ, यस प्रयोजनको लागि म लोहनीजी र राणाजीलाई आह्वान गर्दछु, एकताका निम्ति म आवश्य पर्यो भने अध्यक्ष पद छोड्न र हदैसम्मको लचकता अपनाउन तयार छु ।’

हालै सम्पन्न भएको राप्रपाको केन्द्रिय परिषदको तीन दिने बैठकका बारेमा जानकारी दिँदै अध्यक्ष थापाले राजनीति तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढिकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको पनि जानकारी दिए ।

त्यस्तै निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई पराजयको मुल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्थासहितको लोकतन्त्र र हिन्दूराष्ट्रको पूनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको पनि थापाले सुनाए ।

उनका अनुसार राप्रपाले जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान चलाउने, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डफोर अभियान सञ्चालने गर्ने र समान विचारधारा भएका व्यक्ति समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ । त्यस्तै उनले २०७५ पुसभित्रै ७५३ वटै गाउँपालिका र सबै वडाहरुमा पार्टीका संगठनहरुलाई पूर्नगठन गरिने पनि सुनाए ।

२०७५ फागुन ७ गतेबाट हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि निर्णायक जनसंघर्ष गर्ने बताउँदै अध्यक्ष थापाले भने, ‘हामी यसको लागि वारपारको जनसंघर्ष हुन्छ ।’ संविधान र संवैधानिक व्यवस्थालाई उपयोग गर्दै सहकार्य गर्ने र आफ्ना सिद्धान्त र नीतिलाई स्थापित गर्ने पार्टीको धारणा रहेको उनले सुनाए ।

 

 

 

सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।  मंगलबारदेखि

‘प्रधानमन्त्रीबाटै भ्रमण निर्देशिकाको अवहेलना’

काठमाडौं, ६ असार ।  दक्षिणी छिमेकी भारतको भ्रमण पश्चात् हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको

 जिल्ला सभापति भेलालाई देउवाको सम्वोधन, कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । हेटौंडामा

देउवाले पार्टीभित्रका अन्तर्घातीलाई नछाड्ने

 चितवन,४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रकै अन्तरघातका कारण कांग्रेसले जित्ने सुनिश्चित भएका २५ सिटमा हारेको दावी