सगरमाथा म्युजिक अवार्ड आयोजना हुने


काठमाडौं.  ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने जनाइएको छ ।
यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
अवार्डमा चलचित्रतर्फ गीतकार, संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् ।

पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका तथा भजन तर्फ गीतकार,संगीतकार, गायक, गायिका विधाहरु रहेका छन् ।

यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

 

 अनमोल अब बलिउडमा

काठमाडौं । समकालिन नेपाली फिल्ममा चलेका कलाकार अनमोल केसी निकट भविष्यमा बलिउडसँग जोडिने भएका छन्। अनमोलले नेपाली र भारतीय नायिकासँग अभिनय गर्ने

 राजेश हमालका लागि नयाँ नायिकाको खोजी

काठमाडौं । यसअघिको फिल्म दर्शकले नरुचाएपनि अभिनेता राजेश हमालले आफ्नो जन्मदिन पारेर नयाँ फिल्म खेल्न सम्झौता गरेका छन् । उनले ५४ औं जन्मदिनको अवसरमा

मदिरा घुट्क्याउन विद्यार्थी सहित नेपाल आए बिहारी शिक्षक

सरल संवाददाता काठमाडौं, १४ जेठ । बिहारको कटिहार स्कुलको शिक्षकहरुले शैक्षिक भ्रमणमा लाने बहानामा विद्यार्थीहरुलाई बिराटनगर ल्याइ टन्न रक्सी

 गायक सुगम किन पुगे अमेरिका

काठमाडौं । युवा स्रोतावीच निकै रुचाईएका गायक सुगम पोखरेल लामो बसाईका लागि अमेरिका पुगेका छन् । उनी करिब दुई महिना त्यहाँ बस्दा विभिन्न सांगीतिक