नेपाली सेनाले फ्रान्सेली हेलिकप्टर किन्ने पक्का


काठमाडौं, ९ जेठ । नेपाली सेनाले एयरबस हेलिकप्टरले उत्पादन गरेको ‘इक्युरुअल हेलिकप्टर’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

नेपाली सेनाका प्रतिनिधी र एयरबस हेलिकप्टरका प्रतिनिधीहरुले ६ सिटे ‘लाइट’ हेलिकप्टर खरिद गर्ने समझदारीपत्रमा हस्तारक्षर गरेको जनाइएको छ । उक्त हेलिकप्टर अर्को महिना भित्र खरिद गर्ने समझदारी पनि भएको जानकारी प्राप्त भएको छ ।

पछिल्लो २ वर्ष देखि ३ वटा जहाज, एउटा मिडियम र दुईवटा लाइट साइजको हेलिकप्टर किन्ने प्रक्रियामा रहेपनि विभिन्न कारणले सेनाले हेलिकप्टर खरिद कार्यलाई अन्तिम रुप दिन सकिरहेको छैन । यद्यपी नेपाली सेनाले अहिले एउटा मात्र लाइट साइजको हेलिकप्टर मात्र किन्न लागेको हो ।

यसअघि रसियाबाट एमआई१७, भी फाइभ हेलिकप्टर ल्याउन खोजिएको भएपनि रसियामा अमेरिकाको नाकाबन्दीको कारण डलरमा भुक्तानी गर्न सम्भव नभएपछि नेपाली सेना अन्य विकल्प खोज्न बाध्य भएको थियो ।

सेनाको हेलिकप्टर खरिद गर्ने निर्णयलाई १६ असार, २०७३ मा बसेको मन्त्री परिषद्को बैठकले स्वीकृत गरेको थियो । स्वीकृत गर्ने क्रममा हेलिकप्टर खरिद प्रक्रिया अनुरुप गर्न निर्देश पनि गरेको थियो ।

सेनाले मिडियम साइजको हेलिकप्टरको लागि इटालियन कम्पनी अगस्तासँग पनि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ भने अर्को लाइट साइजको हेलिकप्टरको लागि अमेरिकी कम्पनी बेल हेलिकप्टरसँग खरिद प्रक्रिया अगाडि बढाएको छ ।

हेलिकप्टर खरिद प्रक्रियामा मन्त्रीपरिषद्को निर्देशनको अवज्ञा भएको भन्दै महालेखा नियन्त्रकको कार्यालयले पनि सेनाको हेलिकप्टर प्रक्रियामा प्रश्न उठाएको थियो ।

 

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ