सुन तस्करीका मुख्य आरोपी ‘गोरे’ सार्वजनिक

 

काठमाडौं, ८ जेठ । नेपालकै चर्चित साँढे ३३ किलो सुन तस्करी र त्यसैसँग जोडेर सहकर्मी सनम शाक्य हत्याको मुख्य आरोपी गोरे नामबाट चिनिने चुडामणि उप्रेतीलाई प्रहरीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा सुन तस्कर छानबिन गर्न बनेको समितिका सदस्यले सुन तस्करीको मुद्दा मोरङमै भएकोले गोरेलाई यथासम्भव छिटो मोरङ प्रहरीको जिम्मा लगाउने बताएका थिए ।  

अनुसन्धानलाई सघन बनाउँदै गोरेलाई पक्राउ गर्न समिति निरन्तर लागिंरहँदा गोरेलाई अन्ततः काठमाडौंको गौरीघाटबाट पक्राउ गर्न सफल भएको हो । यसअघि गोरेलाई भारतबाट पक्राउ गरि ल्याएको भन्ने खबर मिथ्या भएको पुष्टी भएको छ ।  

गोरे काठमाडौंमा नै रहेको सूचना पाएपनि प्रहरीले ३ दिन लगाएर बल्ल काठमाडौंको गौरीघाटबाट गोरेलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

गोरेलाई सार्वजनिक गराउने क्रममा सुरुवातमा टोपी लगाएर तथा मुख छोपेर आएपनि पत्रकारहरुले टोपी खोल्न आग्रह गर्दा रिसाउँदै आफै मुख देखाएका थिए । चस्मा लगाएको तथा अलिकति दाह्री भएको गोरे अति गम्भीर मुद्रामा देखिएका थिए । 

गोरेको पक्राउसँगै सुन तस्करीमा थप रहस्य खुल्ने र यसमा संलग्न अरुको पनि पहिचान हुने बताइएको छ ।

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ