सुन तस्करीका मुख्य आरोपी ‘गोरे’ पक्राउ


काठमाडौं, ८ जेठ । नेपालकै चर्चित साँढे ३३ किलो सुन तस्करी र त्यसैसँग जोडेर सहकर्मी सनम शाक्य हत्याको मुख्य आरोपी गोरे नामबाट चिनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।

सुन तस्कर छानबिन गर्न बनेको समितिका सदस्यले गोरे पक्राउ परेको जनाएका छन् । यस विषयमा थप जानकारी दिन छानबिन समितिले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

अनुसन्धानलाई सघन बनाउँदै गोरेलाई पक्राउ गर्न समिति निरन्तर लागिंरहँदा गोरेलाई अन्ततः काठमाडौंको गौरीघाटबाट पक्राउ गर्न सफल भएको हो । 

गोरेको पक्राउसँगै सुन तस्करीमा थप रहस्य खुल्ने र यसमा संलग्न अरुको पनि पहिचान हुने बताइएको छ ।

 

 पुल बगाएपछि आवागमन ठप्प

चौतारा, ३ भदौ  । गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ ।  बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।  रघुगङ्गा

सामुदायिक विद्यायलले इञ्जिनियरिङ पढाउने 

पाल्पा, ३ भदौ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ ।  प्राविधिक शिक्षा तथा

उपत्यकामा ३ करोड लिटर खानेपानी थप

काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका