झलनाथले भने, ‘ममाथि अन्याय भयो’

नेकपाको ‘हाइकमान्ड’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि वरीयताक्रममा अन्याय भएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । ‘मैले ममाथि वरीयताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु,’ खनालले भने, ‘अहिलेको वरीयताक्रम मान्य छैन, त्यसैले पुनर्विचार गरेर सच्याइनुपर्ने ध्यानाकर्षण गराएको छु ।’

खनालको ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा त्यसबारे छलफल हुने बताएका थिए । एकीकृत पार्टीको अध्यक्षद्वयपछि दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री माधव नेपाललाई राखेकोमा खनालको असन्तुष्टि छ । नयाँ पत्रिकाबाट ।

पानी र दूध  सेवन गर्नै त्रास भयो

प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ ।

यस्ता छन् नेपाल र चीनबीच भएका सम्झौता

नेपाल–चीनबीच बिहीबार रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्र, ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र, उत्पादन क्षमताका लागि लगानी तथा

चीनको रेल काठमाडौं ल्याउन बाटो खुल्यो

नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको

ईश्वर पोखरेलसहितका दर्जन नेताले किन गरेनन पार्टी एकतामा हस्ताक्षर ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर