भक्तपुर अस्पतालमा डेढ करोडका उपकरण अलपत्र

सरल संवाददाता - भक्तपुर, २६ जेठ । भक्तपुर जिल्ला अस्पतालमा अहिले पनि डेढ करोड बराबरको उपकरण र सामग्री प्रयोगबिहीन अवस्थामा रहेका छन् । केन्द्रिय अस्पतालको रुपमा रहेको यो अस्पतालमा आईसियू सघन कक्ष सञ्चालनका लागि ल्याईएका ती उपकरणहरु दक्ष जनशक्तिको अभावमा प्रयोगबिहीन भएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डाक्टर सुधा देवकोटाले बताईन् । यसरी अलपत्र रहेका उपकरणको सहि प्रयोगका लागि अस्पतालले पहल थालेपनि आवश्यकता अनुसार सरकारले सहयोग गर्न नसक्दा समस्या परेको छ ।
विगतमा केही अस्तव्यस्त अवस्थामा रहेको भक्तपुर अस्पतालको सेवा प्रवाह पछिल्लो समयमा भने सेवा प्रवाहदेखि दैनिक कार्यसम्पादनमा तीब्रता आईरहेको अस्पताल प्रमुख डाक्टर देवकोटाले बताईन् । विगतमा यहाँ कार्यरत चिकित्सकहरु जगिर खाने मानसिकतामा रहेको पाईएपनि अहिले सेवाको भावबाट चिकित्सक र डाक्टरहरु ओतप्रोत भएकोले अस्पताल समयमा बाहिरका नीजि स्वास्थ्य संस्थामा काम गर्न जाने प्रबृत्ति घट्दै गएको डाक्टर देवकोटाको दाबी छ ।

अहिले अस्पतालमा चौविसैघण्टा आकस्मिक सघनसहित प्रसुति, एक्सरे, ओपीडि, प्रयोगशाला विभाग लगायतका सेवाहरु सहज र सर्वसुलभ रुपमा दिईरहेको उनले जानकारी दिईन् । सरकारको नीति अनुसार प्रभावकारी रुपमा सेवा प्रवहामा लागिरहेको भएपनि अप्रेशन थियटरमा आबश्यकता अनुसार डाक्टर नहुँदा समस्या भएको छ । यसका लागि मन्त्रालयमा पहल गरेपनि मन्त्रालयले अहिलेसम्म यो बिषयमा चासो देखाएको छैन् । अस्पतालको सुधारमा आफूहरु अहोरात्र खटिएता पनि बिभिन्न खालका समस्याका कारण अस्पतालको सुधार गर्न अप्ठ्यारो परेको उनको भनाई छ ।

ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन

काठमाडौं, ३१ जेठ। आज जुन १४ विश्व रक्तदाता दिवस । ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन परेकोले यसैदिनलाई संसारभर विश्व रक्तदाता दिवस मनाईन्छ ।

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पुरुषोत्तम सुवेदी - नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि

विषाक्त खानाले आमाछोराकै ज्यान गयो

बेनी,म्याग्दी, २० जेठ । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ । शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको