‘मन त अमिताभ बच्चन बन्दा पनि सन्तुष्ट हुँदैन’ 

लामो समयदेखि ‘मनोक्रान्ति’ भन्दै आउनुभएको छ । यसलाई सरल भाषामा स्पष्ट पारिदिनुस् न ।

 

भगवान श्रीकृष्णले मान्छेको मन नै बन्धन र मुक्तिको कारण हो भनेर गीतामा भन्नुभएको छ । यदि मनलाई जित्न सकियो भने नियन्त्रणमा राखिएको हात्ती झैं मन पनि मानिसको काममा आउँछ । मन यदि आफ्नो नियन्त्रणबाट फुत्कियो भने जंगली हात्तीले झैं सब विनास गर्छ । महात्मा गान्धीले यही कुरालाई ‘हृदय परिवर्तन’ भन्नुभयो । गान्धीले ‘हृदय परिवर्तन मात्रै मानव मुक्तिको द्वार हो’ भनेर भन्नुभयो । गान्धी भनेको राजनीतिक मान्छे होइन, उहाँ प्रधानमन्त्री बन्नसक्नुहुन्थ्यो, तर बन्नुभएन । ‘राजनीति नै मान्छेको समस्याको समाधान होइन, समाधान भनेको हृदय परिवर्तन मात्र हो’ भनेर उहाँ अडिएर बस्नुभयो । त्यही कुरालाई हामीले एक्काइसौं शताब्दीमा आएर ‘मनोक्रान्ति’ भन्यौं ।

 

अध्यात्ममा यो क्रान्तिको कुरा कसरी आयो ?

नेपालमा कुनैबेला चारैतिर क्रान्तिकै कुरा मात्र चलिरहेको थियो । क्रान्ति चाहियो, क्रान्ति चाहियो भनिन्थ्यो । कम्युनिष्टहरु सबै क्रान्तिकै कुरा   गर्छन् । कोही राजनीतिक क्रान्तिको कुरा गर्थे, कोही आर्थिक क्रान्तिको कुरा गर्थे । हामीले मनोक्रान्ति भन्यौं । हाम्रो भनाई के थियो भने बाहिरको क्रान्ति भनेको एकतर्फी हुन्छ, सबैभन्दा पहिले त मनकै क्रान्ति चाहिन्छ । अनि हामीले भन्यौं, ‘संसार बदल्नु छ भने पहिला आफंैलाई बदल अर्थात् मनोक्रान्ति गर ।’ हामीले यसरी मनोक्रान्तिका कुरा गरेका हौं । तर यी सबैको सार भनेको शास्वत सत्य नै हो, जुन हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ ।

खासमा यो ‘मन’ भन्ने चिज के हो ?

पहिला त मान्छेको मन कसरी बन्छ त्यसलाई बुझौं । हामी जन्मिएदेखि आजको मितिसम्म एउटा कालखण्ड छ । त्यो कालखण्डसम्म हामीले धेरैकुरा भोग्यौं–राम्रो, नराम्रो, तितो मीठो । ती जम्मै हाम्रो अवचेतनमा गएर रेकर्ड हुन्छन् । जीवन भोगाईका क्रममा हामी नयाँ नयाँ कुराहरु देख्छौं, तिसँग हाम्रा पूर्व अनुभवले नै प्रतिकृया व्यक्त गर्छन् । मैले प्रतिक्रिया गर्ने हैन, मेरो भोगाईले प्रतिक्रिया व्यक्त गर्ने हो । किनकी म त्यहाँ छँदैछैन । मेरो त्यो भोगाईको गजुल्टिएको डल्लो नै मन हो ।

यो त जन्मेदेखि अहिलेसम्मको कुरा भयो । जन्मनुअघि आमाको गर्भमा छँदाको कुरा गरौं । बाउले बिजारोपण गरेदेखि जन्म नुहँदासम्म आमाको पेटमा रहँदा पनि हाम्रा गज्जबका अनुभूतिहरु छन् । गर्भमा रहँदाको आनन्द भनेको करीब करीब समाधीको अवस्था हो । भित्र वातानुकुलीत अवस्थामा हामी हुन्छौं, अन्धकारभित्रको आनन्दमा हुन्छौं । तर, गर्भबाट निस्कँदा योनीद्वारमा चेपींदाको पीडा छ । बाहिरको प्रकाश एक्कासी आँखामा पर्दाको पीडा छ । चिस्यानको पीडा छ । त्यसले मानिसलाई ‘सक्ड’ बनाउँछ । त्यसलाई ‘बर्थ ट्रमा’ भनिन्छ । अर्थात जन्मको पीडा । भित्र समाधीस्थ भएको मान्छे जन्मेपछि दुःखबाहेक केही देख्दैन, त्यसकारण हरेक बच्चा जन्मनासाथ रुन्छ । उसले पीडा अभिव्यक्त गर्छ । त्यही पीडा भाव हाम्रो अवचेतनमा गएर संग्रहित हुन्छ । गर्भबाट बाहिर जन्मिएपछि उसले जिन्दगीभर त्यो पीडाबाट बच्नको लागि प्रयास गर्छ । त्यसबाट दुई चिज जन्मिन्छ–एउटा लोभ, अर्को भय । जे जे चिजले सुख दिन्छ त्यसप्रतिको लोभ र जे जे चिजले दुःख दिन्छ त्यो दोहोरिएला भन्ने डर । अन्ततः लोभ र भय दुबै मन बन्छ ।

गर्भमा आउनुअघि कहाँ थियौं त ?

अब बिजारोपण हुनुअघिको कालखण्डमा जाउँ । जन्मनुअघि कहाँ थियौं भन्ने कुरा त थाहा छ, हामी गर्भमा थियौं । गर्भमा आउनुअघि कहाँ थियौं  त ? गर्भमा आउनुअघि बाबुको शुक्रकीटमा थियौं । त्यहाँभन्दा अघि कहाँ थियौं त ? त्यसअघि भाइब्रेसनका रुपमा, चेतनाका रुपमा, आत्माका रुपमा हामी ‘साइबर स्पेश’मा थियौं । अनन्त आकाशमा थियौं । जोइपोइको बीचमा सहबास भएर शुक्रकिटले डिम्बलाई निशेचन गरेपछि बल्ल ब्रेन (मष्तिष्क)को बिकास हुन्छ । मष्तिष्कको बिकास भएपछि त्यसलाई चलाउनका लागि साइबर स्पेशबाट चेतनाको डाउनलोड हुन्छ । हामीले कम्प्युटरको किबोर्डमा ‘टाकटुक टाकटुक ट्याक’ गरेर इन्टरनेटबाट कुनै सामग्री डाउनलोड गरे झैं हाम्रा बाबु आमाले पनि ‘टाकटुक टाकटुक ट्याक’ गरेर हामीलाई साइबरस्पेशबाट धर्तीमा डाउनलोड गर्नुहुन्छ । डाउनलोडपछि जब हाम्रो जन्म हुन्छ, तब हामी ‘पब्लीस्ड’ हुन्छौं । एक दिन हाम्रो शरीर मर्छ, अर्थात ‘रिमुभ’ हुन्छ, तर हाम्रो चेतना अनि हामीले जीवनभर भोगेका सबै दुःख सुख ‘अपलोड’ हुन्छ र फेरि साइबर स्पेशमा गएर बस्छ । फेरि कुनै दिन कुनै बाबु आमाले ‘टाकटुक टाकटुक ट्याक’ गरेर हामीलाई डाउनलोड गर्नुहुन्छ । डाउनलोड र अपलोडको क्रम  चलिरहन्छ । हाम्रा ती जन्म जन्मान्तरका सारा अनुभवहरुको संग्रह नै मन हो । मनलाई बिचारले अभिव्यक्ति दिन्छ ।

मन कहाँनेर हुन्छ ? मष्तिष्कमा हुन्छ की मुटुमा हुन्छ ?

मष्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । मष्तिष्कमा बायाँ मष्तिष्क र दायाँ मष्तिष्क हुन्छन् । सन् १९८१ मा स्नायुविज्ञ डा. रोजर स्पेरीले ब्रेनकै विषयमा नोबेल पुरस्कार पाएका थिए । उनले पहिलो पटक के पत्ता लगाए भने दायाँ मष्तिष्क भावप्रधान हुन्छ । जस अन्तर्गत कल्पना, सपना, प्रेम, घृणा आदि पर्छन् । बायाँमा मष्तिष्क चाहीं बिचार प्रधान हुन्छ, बुद्धि, लजीक, तर्क आदि । हामीले जसलाई मष्तिष्क भन्यौं, त्यो खासमा बायाँ मष्तिष्क रहेछ–लजीकल माइन्ड । जसलाई हामीले हृदय भन्यौं, त्यो चाहीं दायाँ मष्तिष्क हो, जसमा भावनाहरु रेकर्ड हुन्छन् ।

यो त डा. रोजर स्पेरीको खोज भयो । अर्को रिसर्चले के पत्ता लगाएको छ भने हाम्रो मुटुमा पनि ब्रेनका केही सेल्स (न्यूरोन) आएर बसेका हुन्छन् । मुटुमा ब्रेनका त्यस्तै चालिस हजार कोषहरु हुन्छन् । मुटुभित्र पनि ब्रेनका सेल्सहरु भएकाले मष्तिष्कले सोच्दा मुटुले पनि सोच्नसक्छ । 
यति मात्र हैन, भेडाको एउटा सिंगल कोषबाट अर्को भेडा जन्माउन सकिंदोरहेछ–क्लोनीङ गरेर । यसको अर्थ के हुन्छ भने हरेक कोषमा मष्तिष्कको सम्भावना रहेछ । हाम्रो शरीरको सम्पूर्ण कोषमा मष्तिष्क छ भनेर भन्दा अत्युक्ति नहोला । यसरी हेर्दा हाम्रो शरीरको त्यान्द्रोले सोच्न सक्छ । हरेक कोषमा एउटा सिँगै मान्छे जन्मिनसक्ने सम्भावना भएकाले मन पुरै शरीरभरी छ । अर्थात् यो शरीर पनि हो, मन पनि हो । मनोशरीर हो ।

अध्यात्ममा सबैले त्यही मनलाई दोष दिएर मन नै समस्याको जड किन भनेको होला ?

किनकी मन आफैंमा समस्या हो । किनकी मन म हैन, मन मेरो अनुभव हो । मेरो अनुभव र म एउटै त हुन्न नि । मैले चढ्ने गाडी र म एउटै हैन  नि । मन आफैंमा समस्या हो, किनकी यसले कहिल्यै सुख, शान्ति र आनन्द दिँदैन । कलाकार अमिताभ बच्चनलाई एक पत्रकारले सोधे, ‘तपाईं शताब्दिकै महानायक हुनुहुन्छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’ अमिताभ बच्चनले पिता हरिवंश राय बच्चनको भनाई उदृत गर्दै आफ्नै फिल्मी स्टाइलमा भने, ‘सन्तुष्ट भनेको साधु सन्त मात्रै हुन्छन्, म साधु सन्त हैन।’

मन भनेको अमिताभ बच्चन भएर पनि सन्तुष्ट हुँदैन । मनको स्वभाव नै असन्तुष्टी हो । तर यो मनको खराबी हैन । मनको असन्तुष्टीलाई बजारमा बजार्ने हो भने त्यो विज्ञान, कला, साहित्य र संगीत बन्छ । मनको असन्तुष्टीलाई आफूमा बजा¥यौं भने डिप्रेसन, फ्रस्टेशन, कन्फ्युजन हुन्छ । मनको एउटै मात्र औचित्य र उपादेयता भनेको संसार निर्माण गर्नु । आफ्नो लागि मन शत्रु हुन्छ । त्यो बन्दुकजस्तो हुन्छ । अर्कालाई ताकेर हान्यो भने शिकार हुन्छ, आफूतिर ताक्यो भने आफैंलाई सिध्याउँछ । साहित्य, संगीत, कलामा मन चाहिन्छ । तर, आनन्द, प्रेम, करुणा र शान्तिमा मन बाधा हुन्छ । अरु त अरु निद्रामै मन बाधा हुन्छ । अतः मनबाट मुक्त हुनैपर्छ ।

मनबाट कसरी मुक्त हुने ?

  हरेक प्याराग्राफमा दुई प्याराग्राफको वीचमा हामी सानो स्पेश छाड्छौं । एक पटक कल्पना गरौं, सबैको स्पेश हटाउने हो भने त्यहाँ शब्द रहला त ? गज्याङ मज्याङ हुन्छ । हामी मान्छेको सारा जीवन त्यस्तै भएको छ । शब्द त छ, तर स्पेश छैन । मानिसको होल लाइफ कन्फ्यूज्ड छ । शब्दको अर्थ स्पेशमा, त्यही शुन्यतामा छ । अनि त्यही शुन्यताको खोजी नै अध्यात्म हो । हामी शब्दको साटो स्पेशतिर मोडियौं भने मनबाट पनि मुक्त हुन्छौं ।

आत्मा चाँहि कहाँनेर छ ?

शब्द र स्पेशको कुरा गरें । आत्मा भनेकै त्यही स्पेश हो । शब्द भनेको संसार हो, शब्द भनेको मन हो, स्पेश या शुन्यता भनेको चाहीं आत्मा हो ।

शरीर, मन, आत्मा र परमात्मा । यी चार तत्वहरु आपसमा जोडिएका छन् कि यी अलग अलग हुन् ?

अन्ततः यी सबै एउटै हुन् । एउटै चिजका अनेक अभिव्यक्ति हुन् । आत्मा शब्दको प्रयोग नगर्दा पनि हुन्छ । म चेतना भन्छु । ‘कन्ससनेस’ नै प्रकारान्तरमा मन र बिचार बन्ने हो । विचार नै प्रकारान्तरमा वस्तु बन्ने हो । अनि वस्तु नै अन्ततः उर्जा बन्ने हो । क्वान्टम फिजिक्सको ‘इ इजिकल्टु एमसी इस्क्वायर’ मा यही कुरा भनिएको छ । अन्ततः एउटै कुरा छ, चेतना । परमात्मा पनि अलग हैन, आत्माकै बिकास हो । थोपा थोपा नै अन्ततः सागर हो नि । त्यसैगरी आत्माकै फैलावट परमात्मा हो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको