समयमै सडक नबनाउने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन 

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरीएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 
बुधबार गृह मन्त्रालयमा गृह सचिव, बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख   सहितको बैठकमा गृहमन्त्री थापाले यसअघि यसै विषयमा केन्द्रीत रहेर भएका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठकमा गृहमन्त्रीले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुनकुन कार्यान्वयन भए त्यसको विवरण सहित आउन निर्देशन दिए । 
गृहमन्त्री थापाले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूचि बनाउन निर्देशन दिए ।
उनले भने, ‘‘त्यस्ता ठेकेदारहरुको सूचि बनाएर सच्चिन अल्मिेटम दिनुहोस, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् । ’’
गृहमन्त्रालय सम्हाले लगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने  विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेर बैठक डाकेका थिए । 
 

 भारतसँगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, २५ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।  छलफलका लागि

मोरङका दर्जन स्थान बाढीको उच्च जोखिममा

 उर्लाबारी, मोरङ, १७ असार । जिल्लाका एक दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा छन् ।  नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन

भूकम्पपछि नेपालमा तीन वर्षमा ४४ हजार परकम्प

बिहीवार बिहान ९:५२ बजेको थियो। दौडधूपको बेला। काठमाण्डू उपत्यकालगायत मध्यनेपालका धेरै स्थानमा एक छिन मानिसहरू चनाखा भए। किनभने तीन वर्षअघिको घटना

 जताततै नयाँ शहरको योजना, भएन कतै काम

काठमाडौँ, २८ जेठ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि प्रगतिका हिसाबले ती परियोजना