एमाले–माओवादीबीच आज एकता घोषणा हुँदै, नाम नेकपा, चुनाव चिन्ह सूर्य 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटवार्ता पछि विहिबार पार्टी एकता गर्ने सहमति भएको छ । दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकताका लागि  भागवण्डा मिलेपछि पार्टी एकता घोषणा गर्ने निर्णय भएको हो । 
दुई नेताकाबीचमा भएको सहमति अनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय भएको छ भने चुनाव चिन्ह सूर्य रहने छ । एकिकृत पार्टीमा केन्द्रीय कमिटी ४४१ सदस्यीय बन्ने छ। जसमध्य नेकपा एमालेका २४१ र माओवादी केन्द्रका २ सय सदस्य हुनेछन् । स्थायी सदस्य ४३ जना रहने र त्यसमा एमालेकाल २५ र माओवादी केन्द्रका १८ सदस्य रहनेछन।
दुई पार्टीका अध्यक्षबीच बुधबार भएको भेटमा दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएपछि बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी समिति तथा माओवादी अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारीत बैठकले पार्टी एकता गर्न निर्णय गरेको छ ।
दुई पार्टीबीच मदन आश्रित स्मृति दिवसको अवसर पारेर आज एकता घोषणा गर्न लागिएको हो । 

पूर्व माओवादी मन्त्रीको गुनासोः म माथि अन्याय भयो

सरल संवाददाता पाँचथर, ९ जेठ । पूर्व नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जबेगुले आफूमाथि ठूलो अन्याय र अपमान भएको

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियोः प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको

यी हुन् नेकपाको ४४१ केन्द्रीय सदस्य, नामावली सहित

काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको

सुन तश्करीमा नेताहरु समेत तानिने,गोरेको सूचनाबाट छानविन समिति चकित

काठमाडौं । सुन तस्करीका ‘नाइके’ चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै यस काण्डमा केही नेताहरुसमेत तानिन सक्ने सम्भावना रहेको थाहा भएको छ। सुन