नेपालमा घरेलु फुटबल ब्यूँतिदै, असोजदेखि ए डिभिजन लिग

काठमाडौं, २ जेठ । नेपाली फुटबलमा देखिएको विवादको कारण ठप्प रहेको शहीद स्मृति ए डिभिजन लिग फुटबल असोज १३ देखि पुनः सुरु हुने भएको छ ।

लामो समयपछि आयोजना हुन लागेको यस लिगमा कुल १४ क्लबले सहभागिता जनाउने बुधबार जानकारी दिइएको छ । बढिमा ४ वैदेशिक खेलाडि सहित हरेक टोलीले कम्तीमा १८ र अधिकतम ३५ खेलाडि अनुबन्धन गर्न पाउने नियम पनि बनाइएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिले ए डिभिजनको मिति तोक्ने जिम्मेवारी विज्ञानराज शर्माको अध्यक्षता रहेको लिग आयोजना कमिटिलाई दिएको थियो । सो कमिटिले लिग फुटबलबारे गरेको गृहकार्यबाट असोज ३ बाट लिग सुरु भइ माघ १६ सम्म संचालन गर्न उपयुक्त भएको निष्कर्ष निकालेको जानकारी दिइएको छ । 

लिगमा थ्रि स्टार क्लब, मनाङ मस्र्याङदी क्लब, हिमालयन क्लबको सहभागिता निश्चीत भइसकेको छ । त्यस्तैगरी विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको टोली पनि सहभागि हुने पक्का भइसक्यो । लिगमा सहभागि हुने अन्य टोलीमा जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युवा क्लब, ब्रिगेड व्वाइज र न्यु रोड टिम छन् । 


 

राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्