किन बस्न लाग्यो एमालेको आकस्मिक बैठक  

 

काठमाडौँ, २ जेठ । पार्टी एकताको कार्यसूचीमा  एमालेको केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । 

एमाले र  माओवादी केन्द्र बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पार्टी एकताको विषयमा विभिन्न खालका टीका÷टिप्पणी आइरहेको बेला पार्टी एकता गर्न कै लागि केन्द्रीय कमिटीको नवौँ बैठकले केही निष्कर्ष निकाल्नेछ । पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुन सक्ने जनाएको छ । 

विराटनगरस्थित फिल्ड अफिस हटाउने भारतको निर्णय (विज्ञप्तिसहित)

काठमाडौ, जेठ ८ । भारतले विराटनगरमा रहेको फिल्ड अफिस हटाने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यालय बन्द

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’ पक्राउ

काठमाडौं, ८ जेठ । नेपालकै चर्चित साँढे ३३ किलो सुन तस्करी र त्यसैसँग जोडेर सहकर्मी सनम शाक्य हत्याको मुख्य आरोपी गोरे नामबाट चिनिने चुडामणि उप्रेती

ठेकेदारलाई गृहमन्त्रीको प्रश्नः  सच्चिने की कारबाही भोग्ने ? 

  काठमाडौँ, ८ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने स्पष्ट

समृद्ध नेपाल सुखी नेपालीका लागि दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ८ जेठ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई केन्द्रमा राखी आफ्नो नीति तथा कार्यक्रममा दर्जन बढी