जहाज लिन गएको टोली वाईन पिएर फर्कियो

काठमाडौं, २ जेठ । वाईड बडी विमान उत्पादनको निरीक्षण गर्न फ्रान्स पुगेको नेपाल वायु सेवा निगमको उच्चस्तरीय टोली स्थानीय तुज्लुस्थित भाइनयार्डमा बनेको  ड्राफ्ट वाईन पिएर स्वदेश फर्किएको छ। 

एअरबस ३३०–२०० सेरिजको बाइड बडी विमान उत्पादन निरीक्षण गर्न गएको महाप्रवन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा गएको उच्चस्तरीय टोली विना उपलव्धि हिस्स परेर फर्किएको बुझिएको छ। 

फ्रान्सको तुजलु शहरस्थित एअर बसको हेडक्वाटर पुगेको निगमको टोली विमान उत्पादक संस्थाका प्रतिनिधिले काठमाडौंमा भैरहेको विवाद र आर्थिक पारदर्शिताका बिषयमा निकै चासो राख्दा स्पष्ट जवाफ दिननसकेर खाली हात फर्किएको निगम निकट सूत्रले बताएको छ। 

निगम सम्बध्द समाचार सूत्रका अनुसार,निगमले पोर्चुगलको हाई फ्लाई एरोस्पेसको अर्डरबाट पाउने भनिएको निर्माणाधीन विमानको निरीक्षण गर्न गएको टोली र निगमलाई विमान बेच्ने हाइफ्लाई एरोस्पेस,जर्मन एभिएस क्यापिटल, हाइफ्लाई एक्स आयरल्याण्ड र अमेरिकाको एएआर इन्टरनेशनल इन्क र निर्माता एअर बसका प्रतिनिधिहरुको संयुक्त बैठकमा निगमका सञ्चालकहरुले विमानको मूल्य र खरिद प्रक्रियाका बारेमा नेपालमा धेरै विवाद भैरहेकाले मिलेसम्म मूल्य र संझौताका विषयहरु पारदर्शी ढंगले सार्वजनिक गर्न सुझाव दिएका थिए।

निगमको सर्वोच्च निकाय मानिएको सञ्चालक समितिकै सदस्यहरुबाट मूल्य र संझौताका कतिपय बूँदाहरु स्पष्ट नभएको सत्य सार्वजनिक भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार कालो निलो भएका सूत्रले सरल पत्रिकालाई बतायो। 

८ अर्ब अत्तोपत्तो छैन

निगमका सञ्चालकहरुले निगमले झण्डै एक बर्ष अगाडि पठाएको ८ अर्ब नेपाली रुपैयाँ एअरबसले पाएको नपाएको र पाएको भए कति पाएको हो त्यो पनि स्पष्ट पार्न आवश्यक भएको बताएका थिए। 

निगमका जिम्मेवार पदाधिकारीहरुले आफूलाई चाहिने दुई थान ३३०–२०० सेरिजका फराकिला आकारका विमान सिधै एअरबसबाट खरिद गर्ने सहजमार्ग अवलम्बन नगरेर अधिक मूल्य र खरिदको कमिशन खानको लागि जर्मनीको नर्टन फूल बाईट एएलएलपीलाई एस्क्रो एजेण्ट नियुक्त गरी आफूले पठाउने रकम उसको खातामा पठाउने र विमान खरिदमा तिर्नुपर्ने वास्तविक रकम सो खाताबाट एअरबसको खातामा पठाएर उब्रेको रकम भागवण्डा गर्ने तारतम्य मिलाएको बुझिएको छ।

निगमले एएआर इन्टरनेशनल इन्क, जर्मन एभियसन क्यापिटल, हाई फ्लाई एरोस्पेस पोर्चुगल र हाइफ्लाई एक्स आयरल्याण्डसँग गरेको खरिदबिक्री सम्झौतामा खरिद गरिने जहाजको एअरफ्रेमको मूल्य प्रतिविमान ९२ मिलियन उल्लेख भएको छ भने इञ्जिन र अन्य सामानको मूल्य सहित विमानको मूल्य १०४ मिलियन डलरदेखि १०९ मिलियन डलर पर्ने उल्लेख छ।

तर निगमको अर्थ विभागले केही समय पहिले पैसा पठाउनका लागि स्थानीय वाणिज्य बैंकहरुसँग मागेको कोटेशनमा भने दुई विमानका लागि २४ अर्ब पठाउने उल्लेख गरेर प्रति विमानको मूल्य ११२ मिलियन डलर पुग्ने रहस्योद्घाटन गरेको थियो।

हालसम्म भएका काममा नै प्रश्न उठेपछि अगाडिको बाटोका सन्दर्भमा थप कुरा हुने अवस्था सिर्जना भएन। सञ्चालकहरुसँग मतभेद भएपछि सँगै फर्कने रहर मारेर महाप्रबन्धक सुगतरत्न कंसाकार एक्लै फर्किएका थिए।

निगमका प्राविधिकहरुका अनुसार उच्च व्यवस्थापकहरु सम्मिलित प्रतिनिधि मण्डलले जहाजको प्राविधिक परीक्षण समेत गरी आफ्ना लागि जडान गरिनुपर्ने विशेष पार्टपूर्जा र यात्रु सुविधाका सामानको बारेमा समेत अर्डर लिने र दिने काम गर्नुपर्ने थियो।

पोर्चुगलको हाइफ्लाई एअरले यही निर्माणाधीन विमान नै दिन्छु भनेर पनि हालसम्म नभनेको समाचार सूत्रले बताएको छ।

विमानको मूल्य,विमानको तौल, विमानको इञ्जिन र अन्य पार्टपूर्जाको विषयमा अहिले निकै आशंका उब्जिएको छ।

निगम व्यवस्थापनले निगमका जहाज खरिदबिक्री सम्झौताका गोप्य कागजातहरु सार्वजनिक भएको विषयमा आन्तरिक छानविन पनि थालेको बताइन्छ। कमीशन एजेण्टसँगको साँठगाँठ खुल्दै जान थालेपछि आत्तिएका कंसाकारले आफ्ना आलोचक कर्मचारीमाथि निगरानी गर्न जासूसी सन्यन्त्र नै परिचालन गरेको बुझिएकोछ।

तर गत बर्ष जहाज खरिद सम्झौता हुने वित्तिकै यसमा धेरैकुरा निगमको हितमा नभएको र सार्वजनिक खरिद ऐन, निगमको आर्थिक नियमावली, र टेण्डरको लागि स्वीकृत गरिएको आरएफपीको प्रावधानहरु उल्लंघन गरी २४ अर्बको जहाज ल्याउन लागिएको घट्ना सार्वजनिक हुने वित्तिकै टेण्डरमा सहभागी अन्य प्रतिस्पर्धीहरुले संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी हालेका थिए।

लेखा समितिले खरिदविक्रीसँग सम्बन्धित झण्डै एक कार्टून कागजात झिकाइसकेको छ। बीचमा चुनाव आएकोले तात्कालिन लेखा समितिका सदस्यहरुले चुनाव खर्च बटुलेर यसमा संलग्न पदाधिकारीलाई छानविन नगरिने ढाड्स दिएको सूत्रको भनाई छ।
 

मार्सीको भात: नीतिगत भ्रष्टाचारकोे राष्ट्रिय ‘ब्राण्ड’

उच्च हिमाली भेगमा फल्ने धानको नाम हो मार्सी । मार्सी धानको चामलको भातको एउटा विशेषता हो जति खाए पनि पेटलाई गरुङ्गो नबनाउने, छिटै पचिहाल्ने र खाइसेको

गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान

अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

  चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक

वायुसेवा निगममा साढे ६ अर्बको छटपटी, कंसाकारलाई चिट्चिट् पसिना

काठमाडौं । नेपाल वायुसेवा निगमले एअरबसद्धारा निर्मित ३३० २०० सेरिजको वाइडबडीको जहाज आफ्नो बेडामा भित्र्याएको दुई हप्तापछि यसका अनौठो प्रेस