आधा किलो सुनसहित २ भारतीय पक्राउ


भीमदत्तनगर, २ जेठ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताए ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस
 

देवघाटमा भक्तजनको घुइँचो

चितवन, ७ साउन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको

सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ

काठमाडौं, ७ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ । बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक