जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो, चालक दलका दुवै सदस्यको मृत्यु

काठमाडौं, २ जेठ । मकालु एयरको सुर्खेतबाट सिमिकोटको लागि कार्गो बोकेर उडेको जहाज हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।

पाइलट किरण भट्टराईको नेतृत्वमा उडेको ९एन–एजेयू कल साइन भएको सिंगल इन्जीन जहाज बुधबार बिहानै उडेपनि केहि प्राविधिक समस्या आएर हराइ सम्पर्कमा आएको थिएन । सो जहाज बिहान ६ः१२ मिनेटमा उडेको थियो र ६ः५५ मा ल्यान्ड हुने तालिका थियो ।

बिहान ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क गरेको सो जहाज क्षतविक्षत अवस्थामा भेटिएको  र सो विमानका पाइलट किरण भट्टराई र को–पाईलट आदित्य नेपालीको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

११ सय ७० किलो कार्गो बोकेको जहाज हराएको खबरसँगै जहाजको खोजिको लागि माउन्टेन एयर र नेपाली सेनाको हेलिकप्टर र प्रहरीहरुलाई परिचालन गरिएको थियो ।

यसअघि उक्त जहाज बाजुरामा भेटिएको खबर आएपनि सो कुरा हल्ला मात्र भएको पुष्टी भएको छ ।

 

देवघाटमा भक्तजनको घुइँचो

चितवन, ७ साउन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको

सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ

काठमाडौं, ७ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ । बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक