'मलाई जगदीश घिमिरेको आत्मवृत्तान्तले बचायो'

म सानैदेखि विद्रोही स्वभावकी थिएँ । हिन्दू नारी भए पनि पूजापाठ आजसम्म गरेकी छैन, न व्रत नै बसेकी छु ।
हट्टाकट्टा छउन्जेल लाग्थ्यो– म यो संसारलाई चपाएर निल्न सक्छु तर जब बिरामी परेर थलिएँ– म जस्तो निर्धो मान्छे संसारमा कोही छैन भने जस्तो भयो ।

त्यो क्षण आँशु बगाउनुबाहेक अरु केही बाँकी रहेन । झण्डै तीन वर्षअघि घाँटीको नशा च्याप्पिएर निकै कष्ट झेलेकी थिएँ । रक्तचाप न्यून भएको थियो । पटक–पटकको स्वास्थ्य जाँचपछि घाँटीको नशा च्याप्पिएको पत्ता लागेको थियो । नर्सहरुले नशा नभेटिएको भन्दै ठाउँ–ठाउँमा घोचेको पीडा र नशाबाट दिएको औषधि शरीरभरि फैलिँदाको दुःखाइ सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।

स्वास्थ्य ठीक पार्न करिब एक वर्षसम्मको निरन्तर औषधि र थेरापीले पनि खासै सुधार नभएपछि बाँच्ने झीनो आशा पनि मर्दै गयो । श्रीमान्ले परदेशमा दुःख गरेर पठाएको पैसा सबै उपचारमा सकियो तर पीडा कम भएन ।

बिरामीले थलिएपछि मेरा लक्ष्यहरु सब चकनाचुर भएको महसुस गरेँ । शिक्षा संकायतर्फ बीएड र कृषि प्राविधिक– जेटीएसम्म अध्ययन गरेकी छु । लोकसेवा पास गरेर जागिर खाने सपना साँचेकी थिएँ । तर अफसोस, लोकसेवाको तयारी निरन्तर चलिरहेकै बेला एक्कासी बिरामी परेकी थिएँ । उपचार गरेर फर्केको केही महिनापछि नै फेरि रोग बल्झिएपछि त झन् मन आत्तिन थाल्यो, अन्तिम विकल्पको रुपमा अपरेशन गर्नुपर्ने भयो । मलाई अस्पतालप्रति नै घृणा लाग्न थालेको थियो, औषधिप्रति नै विश्वास टुटेको थियो ।

आफ्नो जीवन भताभुंग भएजस्तो लाग्यो ।

त्यो भन्दा पनि स–साना दुई छोरीको याद अझै त्यो चोटभन्दा पनि भयानक थियो । त्यो क्षणमा चरम विषादको अनुभव भयो । बाँच्नुभन्दा त मर्नु ठीक भने जस्तो पनि लाग्यो ।

किन–किन अपरेशन गर्न मनले मानेन । यस्तो छट्पटी भएर तड्पिएका बेला मेरो भाइ दीपकले भक्तपुर, सृजनानगरको चौरमा जीवन विज्ञानको कार्यक्रम हुने गरेको जानकारी दिँदै मलाई त्यहाँ जान प्रेरित ग¥यो ।

बिरामी पर्दा बारबार आफैंलाई प्रश्न गर्थें– मानिस जन्मिनु– गास, बास, कपासको खोजी गर्नु अनि अन्त्यमा दुःखपीडा भोग्दै मर्नु, के यही नै जीवनको अर्थ हो त ?

उत्तरको खोेजीमा मैले त्यतिबेला माइलोमा–क्यान्सरले थलिएपछि साहित्यकार जगदीश घिमिरेले लेखेको आत्मवृत्तान्त ‘अन्तर्मनको यात्रा’ सकिनसकी पढेर सिध्याएकी थिएँ । शरीरको रोगलाई मनोबलले जित्न सकिन्छ भन्ने सन्देश घिमिरेको उक्त कृतिले मलाई दिएको थियो र केही ऊर्जा मिलेको महसुस गरेकी थिएँ । त्यसपछि थप ऊर्जा पाउने आशमा हरेक दिन बिहान भक्तपुरको ध्यानयोग शिविरमा जाने निर्णय गरेँ । बोर्डमा लेखिएको थियो– जीवन विज्ञान, जुन शब्दले शुरुमै आकष्तिि भएँ । भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञानभन्दा विल्कुल भिन्न यसभित्र पक्कै पनि केही छ भन्ने लाग्यो । फेरि मेरै उमेर समूहकी सरिता शर्मा म्यामले प्रवचन दिनुहुन्थ्यो, जसबाट म एकदमै प्रभावित भएँ ।

प्रशिक्षक सरिताकै अनुरोधमा जीवनविज्ञानको चक्रोपचारमा भाग लिएँ । सूक्ष्म शरीर बिरामी भएपछि मात्र भौतिक शरीर बिरामी हुँदोरहेछ भन्ने थाहा पाएपछि जीवन विज्ञानका अन्य कार्यक्रममा पनि सहभागी हुँदै गएँ ।

 
ऐश्वर्य विज्ञान कार्यक्रमबाट पहिलोपटक मेरो वास्तविक जातथर पत्ता लागेको थियो, त्यतिबेला ममा रहेका साह्रा भ्रमहरु हटे, त्यही दिनदेखि नै मैले मेरो जागिरे मानसिकतालाई सदाका लागि तिलाञ्जलि दिएँ ।

बोधविज्ञान र लयविज्ञान लिइसकेपछि मलाई ज्ञात भयो कि म महानताको लागि यस धर्तीमा जन्मिएकी रहेछु र आफूभित्रको विराट ऊर्जालाई चिन्न नसकेर शारीरिक र मानसिक रुपमा कमजोर भएकी रहेछु । हिँड्ने बाटो र गर्ने कर्म स्पष्ट भइसकेपछि जीवन विज्ञानको प्रशिक्षक बनेँ । आफूभित्रको ईश्वरीय शक्तिलाई अनुभूत मात्र गर्ने हो भने जोश, जाँगर र ऊर्जा स्वस्फूर्त आउने रहेछ भन्ने अनुभव गरेकी छु ।

सातामा तीन–चारपल्ट अस्पताल धाउनुपर्ने मान्छे आज ध्यानको प्रयोगबाट औषधि पनि पूर्ण रुपमा बन्द भइसकेको छ । मैले भक्तपुरको ध्यानयोग प्रयोगशालामा प्रशिक्षण दिएको पनि एक वर्ष बितिसकेको छ, अहिले भक्तपुरकै कटुञ्जे हलमा नियमित रुपमा कार्यक्रम सञ्चालन गरिरहेकी छु ।

 

अब छिट्टै नै जीवन विज्ञानकै केही मित्रहरुको सहभागितामा गल्र्स होस्टेल खोल्ने तयारीमा जुटेकी छु । ध्यानबाट प्राप्त ऊर्जालाई व्यावहारिक रुपमा प्रयोग गर्दै इमान्दारिताको जगमा पनि सफल उद्यमी बन्न सकिन्छ भन्ने सोचलाई व्यावहारिक रुप दिन चाहन्छु ।

अन्त्यमा, सम्बोधि प्राप्त दुई गुरुदेवप्रति कृतज्ञता अर्पण गर्दछु । साथै, बिरामीले थलिएर निरुपाय बनेका बेला जीवन विज्ञान जान प्रेरणा दिने भाइ दीपक र प्रशिक्षक सरिता शर्मालाई पनि धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु ।

(जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक कमला दाहालसँग सरल पत्रिकाले केही पहिले गरेको कुराकानीको सार) 

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने