मोटरसाइकल चलाईरहेकैबेला मृत्यु


 
पाँचथर,३१ वैशाख । सदरमुकाम फिदिममा सोमबार बिहान मोटरसाइकल कुदाउँदा कुदाउँदै एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–२, बस्ने वर्ष ४० का मिलन लाओती रहेको प्रहरीले जनाएको छ । उनी फिदिम बजारको मेनरोडमा रहेको युमा आर्ट सेन्टरका प्रोपाइटर हुन् ।

बिहान १० बजे मे ६ प ६९२५ नम्बरको मोटरसाइकलमा पसल आउँने क्रममा उनको मृत्यु भएको हो । उनले चलाइरहेको मोटरसाइकल फिदिमको सामना सु सेन्टर छेउमा अचानक अनियन्त्रित भएपछि उनी हल्का हुत्तिन पुगेका थिए । सामान्य अवस्थामा रहेका उनलाई उठाएर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मुटुको बिरामी रहेका लाओतीलाई मोटरसाइकल कुदाइरहेकै अवस्थामा समस्या आई मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

देवघाटमा भक्तजनको घुइँचो

चितवन, ७ साउन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको

सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ

काठमाडौं, ६ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ । बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक