नेपालमा स्कुल खोली भारतीय पाठ्यपुस्तक पढाउनेलाई स्पष्टीकरण


दमक, ३१ वैशाख । सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ ।

दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले आज स्कूल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कूललाई २४ घण्टे स्पष्टीकरण सोधेकोे शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिए ।

स्कूलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेशनका पुस्तक पढाउँदै आएको छ । स्कूलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनु पर्ने भए पनि हालसम्म त्यसो नगरेको उनले काफ्लेले बताए ।

तोकिएको समयभित्रमा स्पष्टीकरण चित्तबुझ्दो नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने जानकारी दिंदै शिक्षा अधिकृत काफ्ले उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेशनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको उल्लेख गरेका छन् ।

त्यस पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको जानकारी दिंदै उनले भने, “स्वीकृतबिनाका पाठ्यपुस्तक पढाएको स्कूल प्रशासनले स्वीकार गरेको र त्यस्ता पुस्तक आजदेखि हटाउने प्रतिबद्धता जनाएको छ।”

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगरभित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् । रासस

 

 हजार विद्यार्थी एक शौचालय !

गौशाला, ७ जेठ ।  महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय

नौ महिनादेखि तलब नपाएको गुनासो

रुकुम, ७ जेठ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । निमित्त प्रमुख प्रशासकीय

अष्ट्रेलिया जाने विद्यार्थीलाई एकदिनमै ‘अफर लेटर’ 

काठमाडौं । ग्लोबल काठमाडौं कन्सल्ट मीनभवनमा बुधवारदेखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन एक्सेलसिया कलेज सिड्नीका एडमिसन डिरेक्टर दिप्तीमान

ग्लोबलको ‘एजुकेशन मन्थ’

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्शका लागि ख्याती कमाएको ग्लोबल काठमाडौं कन्सल्टले शैक्षिक मेलाको आयोजना गर्ने भएको