पारस खड्का र सन्दीप लामिछाने उत्कृष्ट खेलाडिको मनोनयनमा

काठमाडौँ, ३१ वैशाख । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ ।  वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने मनोनयनमा परेका  छन् ।

यि दुई जना क्रिकेटर बाहेक ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की पनि सोही विधामा मनोनयनमा परेका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् ।

युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश सेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयमा परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थपामगर मनोनयनमा परेका छन् ।

उत्कृष्ट पुरुष, महिला र प्रशिक्षकका उपाधि विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने युवातर्फको विजेताले रु ५० हजार प्राप्त गर्नेछन् ।

आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । रासस

 

सन्दीप लामिछाने आज ४ः१५ मा काठमाडौं ल्याण्ड हुने

सरल संवाददाता काठमाडों, ८ जेठ । अप्रिल महिनाको ७ तारिख देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) २०१८ मा सहभागि भइ नेपालमा लेग स्पीनर सन्दीप

दंग छन् सन्दीपको परिवार

 चितवन, ८ जेठ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि

सन्दीपको ३ विकेटसँगै दिल्ली ११ रनले विजयी

काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध ११ रनको जित दर्ता गर्दै दिल्ली डेयरडेभिल्सले आईपिएलको सुखद अन्त्य गरेको छ ।   टस जितेर ब्याटिङ

दिल्लीले मुम्बईलाई दियो १७५ रनको लक्ष्य

सरल संवाददाता काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध आफ्नो अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको दिल्ली डेयरडेभील्सले