आज देखि नेपाल लोडसेडिङ मुक्त

सरल संवाददाता

काठमाडौं, ३१ वैशाख । सोमबारदेखि औद्योगिक क्षेत्रमा हुँदै आएको लोड सेडिङ पनि विद्युत् प्राधिकरणले हटाएसँगै नेपाल लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा ओद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।

सर्वसाधारणको लागि गत वर्षनै प्राधिकरणले लोडसेडिङ नहुने घोषणा गरिसकेको छ ।

विगत्मा विद्युत्को माग धेरै भएको तथ्याङ्क देखाइ आपूर्ति कम हुने जनाउँदै लोड सेडिङ गरिंदै आएकोमा कुलमान घिसिङ प्रबन्ध निर्देशन बनेर प्राधिकरण आएसँगै वास्तविक तथ्याङ्कमा आधारित हुँदा दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ निर्मुल पार्न सम्भव भएको थियो ।

यो वर्ष प्रि मनसुनमा राम्रो वर्षा भएको र मनसुनमा पनि पर्याप्त वर्षा हुने मौसमविद्को आँकलनसँगै जाडो यामसम्म सहज रुपमा विद्युत् आपूर्ति गर्न सकिने निष्कर्ष प्राधिकरणको भएको बताइएको छ ।

यसै अंग्रेजी वर्षको अन्त सम्ममा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत् परियोजनाले उत्पादन गर्न थाल्ने भएकोले अब लोड सेडिङ गर्न नपर्ने जानकारी विद्युत् प्राधिकरणले दिएको छ ।

 

देवघाटमा भक्तजनको घुइँचो

चितवन, ७ साउन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको

सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ

काठमाडौं, ७ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ । बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक